चलचित्र पत्रकार संघ नेपालको २६औँ वार्षिक उत्सव सुरु, बेतना दैनिकका प्रधान सम्पादक बस्नेतसहित सात पत्रकार सम्मानित
मिति: २०२५-०५-२२ , समय : ०८:२३:१९ , Our Pradesh
मिति: २०२५-०५-२२ , समय : ०८:२३:१९ , Our Pradesh
Our Pradesh
श्रीअन्तु, इलाम — चलचित्र पत्रकार संघ नेपालको २६औँ वार्षिक उत्सव भेला जेष्ठ ६ गतेदेखि ९ गतेसम्म इलामको सुर्योदय नगरपालिका–१, श्रीअन्तुमा सुरु भएको छ।
वार्षिकोत्सवको अवसरमा संघले राष्ट्रिय चलचित्र पत्रकारिता दिवस, दोस्रो राष्ट्रिय भेला तथा चलचित्र पत्रकारिता सम्मान तथा पुरस्कार वितरण समारोहको आयोजना गरेको छ।
कार्यक्रमको पहिलो दिन ‘सिनेमा संवाद र मिडियामा मन्थन’ विषयमा छलफल कार्यक्रम सम्पन्न भएको छ भने चलचित्र पत्रकारिता क्षेत्रमा योगदान पुर्याएका पत्रकारहरूलाई सम्मान गरिएको छ।
सम्मानित पत्रकारहरूमा मोरङको बेलबारीबाट प्रकाशित बेतना दैनिकका प्रधान सम्पादक नरेन्द्र बस्नेत पनि पर्नु भएको छ। उहाँलाई राष्ट्रिय चलचित्र पत्रकारिता सम्मान २०८२ बाट सम्मानित गरिएको हो।
चलचित्र पत्रकार संघको आयोजनामा भएको कार्यक्रममा चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसी, वरिष्ठ कलाकारहरू वसुन्धरा भुसाल, शिव श्रेष्ठ, गौरी मल्ल र मोहन निरौलालगायतले बस्नेतलाई सम्मान प्रदान गरेका थिए।
मिलनसार तथा निडर पत्रकारको रूपमा चिनिने बस्नेत दुई दशकभन्दा बढी समयदेखि पत्रकारितामा क्रियाशील बस्नेतले जनसमस्यालाई प्राथमिकतामा राख्दै सशक्त रूपमा कलम चलाउँदै आउनुभएको छ। पत्रकारिता क्षेत्रमा उहाँको योगदानको उच्च मूल्याङ्कन गर्दै सो सम्मान प्रदान गरिएको हो।
अन्य सम्मानित पत्रकारहरू यसप्रकार छन्:
१. ध्रुव लम्साल – राष्ट्रिय चलचित्र पत्रकारिता रजत सम्मान २०८२
२. विष्णु सुवेदी – राष्ट्रिय चलचित्र पत्रकारिता सम्मान २०८२
३. जीवन कुमार पराजुली – राष्ट्रिय चलचित्र पत्रकारिता पुरस्कार २०८१
४. वर्षा बस्नेत – राष्ट्रिय चलचित्र पत्रकारिता पुरस्कार २०८५
५. रश्मी थापा – राष्ट्रिय चलचित्र पत्रकारिता प्रोत्साहन पुरस्कार २०८१
६. तुलसीप्रसाद निरौला (कोशी प्रदेश) – राष्ट्रिय मोफसल चलचित्र पत्रकारिता पुरस्कार २०८१
तीन दिनसम्म चल्ने कार्यक्रम जेठ ९ गतेसम्म सञ्चालन हुनेछ। आयोजकहरूले यो भेलाले चलचित्र पत्रकारिता क्षेत्रको सुदृढीकरण र नवीन सम्भावनाको मार्ग प्रशस्त गर्ने अपेक्षा राखेका छन्।
प्रकाशित मिति: २०२५-०५-२२ , समय : ०८:२३:१९ , ३ दिन अगाडि