गणतन्त्र दिवसको अवसरमा धनपालथान–३ मा बृहत् निःशुल्क स्वास्थ्य शिविर तथा रक्तदान कार्यक्रम हुने

मिति: २०२५-०५-२३ , समय : २१:०७:४६ , Our Pradesh

Our Pradesh

मोरङ , धनपालथान— गणतन्त्र दिवसको अवसरमा यही २०८२ जेष्ठ १० गते शनिबार, मोरङको धनपालथान गाउँपालिका–३ स्थित श्री शिवशक्ति माध्यमिक विद्यालय, सोरहभागको प्राङ्गणमा एक दिने बृहत् निःशुल्क स्वास्थ्य शिविर तथा रक्तदान कार्यक्रम आयोजना गरिने भएको छ।

उक्त कार्यक्रममा नेपाल सरकारका स्वास्थ्य मन्त्री माननीय प्रदीप पौडेल प्रमुख अतिथिको रूपमा सहभागी हुने जनाइएको छ।

Ganesh Man Singh Foundation, मोरङ शाखा विराटनगर र Lions Club of Biratnagarको संयुक्त आयोजनामा सञ्चालन हुने शिविरमा न्यूरो कार्डियो, नर्वरोग विशिष्‍ट अस्पताल विराटनगर प्रा.लि., RLG Eye Hospital, नेपाल क्षयरोग निवारण संस्था लगायतका स्वास्थ्य संस्थाहरूको प्राविधिक सहयोग रहनेछ। साथै, नेपाल रेडक्रस सोसाइटी, मोरङ शाखा विराटनगरको सहकार्यमा रक्तदान कार्यक्रम पनि सञ्चालन हुनेछ।

 

आयोजकहरूका अनुसार शिविरमा विशेषज्ञ चिकित्सकहरूद्वारा विविध रोगहरूको जाँच, परामर्श र औषधि वितरण गरिनेछ। स्थानीय जनतालाई स्वास्थ्य सुविधाको पहुँचमा सहजता ल्याउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको जनाइएको छ।

 

शिविरमा उपस्थित भइ स्वास्थ्य सेवाको लाभ लिन र रक्तदान कार्यक्रममार्फत मानव सेवामा सहभागी हुन सम्पूर्ण सर्वसाधारणलाई आयोजकहरूले हार्दिक अनुरोध गरेका छन्।

प्रकाशित मिति: २०२५-०५-२३ , समय : २१:०७:४६ , १ दिन अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित