गुप्त सूचनाका आधारमा रंगेली प्रहरीले २३० किलो गाजा बरामद, ३० लाखभन्दा बढीको मूल्याङ्कन
मिति: २०२५-०५-२८ , समय : १६:१३:१० , Our Pradesh
मिति: २०२५-०५-२८ , समय : १६:१३:१० , Our Pradesh
Our Pradesh
गुप्त सूचनाका आधारमा रंगेली प्रहरीले २३० किलो गाजा बरामद, ३० लाखभन्दा बढीको मूल्याङ्क
मिति २०८२।०२।१४ बिहान ३:१५ बजे, मोरङको सुनवर्षी नगरपालिका–७ बरडंगा छेउको बक्राह नदी किनार हुँदै भारततर्फ तस्करी भइरहेको अवस्थामा २३० किलो लागू पदार्थ गाजा प्रहरीले बरामद गरेको छ।
ईलाका प्रहरी कार्यालय रंगेलीका प्रहरी निरीक्षक नरेन्द्र कुमार बोगटीको नेतृत्वमा सिक्टी, बरडंगा र झपडतल प्रहरी चौकीका टोलीहरूले संयुक्त रूपमा गस्ती गर्दा करिब २०–२५ जनाको समूह प्रहरीले देख्नेबित्तिकै बोरा फ्याली फरार भएको थियो।
प्लास्टिकले प्याक गरिएको ७ वटा बोरामा करिब २३० किलो गाजा फेला परेको हो।
गाजाको बजार मूल्य प्रतिकिलो १२ देखि १५ हजार रुपैयाँ पर्ने अनुमान गरिएको छ, जसअनुसार बरामद गरिएको गाजाको मूल्य ३० देखि ३५ लाख रुपैयाँ पर्ने बताइएको छ।
सशक्त सुराकी र जोखिमपूर्ण अपरेसनमार्फत ठूलो परिमाणको लागूपदार्थ नियन्त्रणमा लिएकोमा निरीक्षक नरेन्द्र कुमार बोगटी र टोलीको कार्यको सर्वत्र प्रशंसा गरिएको छ। हाल घटनाबारे थप अनुसन्धान भ
इरहेको छ।
प्रकाशित मिति: २०२५-०५-२८ , समय : १६:१३:१० , ३ महिना अगाडि