देशभर वर्षा र हिमपातको सम्भावना, कोशी र गण्डकीमा भारी वर्षा हुने चेतावनी
मिति: २०२५-०५-३० , समय : ०९:१९:४३ , Our Pradesh
मिति: २०२५-०५-३० , समय : ०९:१९:४३ , Our Pradesh
Our Pradesh
देशभर वर्षा र हिमपातको सम्भावना, कोशी र गण्डकीमा भारी वर्षा हुने चेतावनी
काठमाडौं, जेठ १७ —
हाल देशभर पश्चिमी तथा स्थानीय वायुको प्रभाव कायम रहँदा मौसममा क्रमिक परिवर्तन देखिएको छ। साथै, बंगालको खाडीबाट आएको जलवाष्पयुक्त हावाको आंशिक प्रभाव पनि रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ।
बिहानैदेखि लुम्बिनी, कर्णाली र गण्डकी प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। शुक्रबार कोशी र गण्डकी प्रदेशसहित देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहनेछ भने बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने विभागले जनाएको छ।
कोशी प्रदेशका केही स्थानहरूमा, मधेस, बागमती र गण्डकी प्रदेशलगायतका पहाडी भू–भागका थोरै स्थानहरूमा तथा अन्य भू–भागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ। विशेषगरी कोशी र गण्डकी प्रदेशका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ।
यसैगरी, कोशी र बागमती प्रदेशका उच्च–पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरूमा र अन्य उच्च–पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का वर्षा तथा हिमपात हुने सम्भावना पनि देखिएको छ।
रातिको समयमा समेत मौसम बद्ली रहनेछ। कोशी, मधेस, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहने अनुमान गरिएको छ भने अन्य भू–भागमा मौसम सफादेखि आंशिक बदली रहनेछ।
सावधानी अपनाउन विभागको आग्रह
जल तथा मौसम विज्ञान विभागले संभावित भारी वर्षा र चट्याङका कारण सतर्कता अपनाउन अनुरोध गरेको छ। विशेषगरी पहाडी क्षेत्रका बासिन्दालाई आवश्यक सतर्कता अपनाउन तथा मौसम अपडेटमा ध्यान दिन आ
ग्रह गरिएको छ।
प्रकाशित मिति: २०२५-०५-३० , समय : ०९:१९:४३ , १ दिन अगाडि