नेकपा माओवादी केन्द्र धनपालथानको दोस्रो अधिवेशन सम्पन्न, गायनन्द सरदार पुनः निर्वाचित

मिति: २०२५-०५-३१ , समय : २२:५६:४३ , Our Pradesh

Our Pradesh

नेकपा माओवादी केन्द्र धनपालथानको दोस्रो अधिवेशन सम्पन्न, गायनन्द सरदार पुनः निर्वाचित

धनपालथान, मोरङ | जेठ १७ – नेकपा (माओवादी केन्द्र) धनपालथान गाउँपालिका समिति अन्तर्गतको दोस्रो ऐतिहासिक अधिवेशन आज सम्पन्न भएको छ। पार्टीको सांगठनिक सुदृढीकरण तथा भावी कार्यदिशा तय गर्न आयोजित यो अधिवेशन सफलतापूर्वक सम्पन्न भएको हो।

कार्यक्रममा गाउँपालिकाका विभिन्न वडाबाट सहभागी प्रतिनिधिहरूको सर्वसम्मत निर्णयबाट वर्तमान अध्यक्ष गायनन्द सरदारलाई पुनः अध्यक्ष पदमा निर्वाचित गरिएको छ। पुनः अध्यक्ष निर्वाचित भएसँगै सरदारले सबै प्रतिनिधिहरूप्रति धन्यवाद व्यक्त गर्दै पार्टीलाई जनस्तरमा अझ मजबुत बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्।

 

अधिवेशनमा नेतृत्व चयनसँगै संगठनात्मक समीक्षा, आगामी रणनैतिक योजना, र जनस्तरसँगको सम्बन्ध विस्तारका विषयमा पनि व्यापक छलफल भएको जनाइएको छ।

 

कार्यक्रममा सहभागी प्रतिनिधिहरूले अधिवेशनलाई ऐतिहासिक बनाउनेतर्फ योगदान पुर्‍याएको भन्दै अध्यक्ष सरदारले सम्पूर्ण प्रतिनिधि, कार्यकर्ता, समर्थक तथा शुभेच्छुकप्रति आभार व्यक्त गरेका छन्।

 

यो अधिवेशनले नेकपा माओवादी केन्द्रको स्थानीय तहमा नेतृत्व स्थायित्व तथा कार्यगत एकता सुदृढ गर्ने विश्वास गरिएको छ।

 

 

प्रकाशित मिति: २०२५-०५-३१ , समय : २२:५६:४३ , २ दिन अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित