सुनवर्षीमा निवृत्त शिक्षक सम्मान कार्यक्रम सम्पन्न, नगरप्रमुख राजबंशीको उपस्थिति र योगदानले कार्यक्रम भव्य
मिति: २०२५-०५-३१ , समय : २३:०२:३५ , पारस मण्डल
मिति: २०२५-०५-३१ , समय : २३:०२:३५ , पारस मण्डल
पारस मण्डल
मोरङ, सुनवर्षी — २०८२ जेष्ठ १७ गते, शुक्रबार नेपाल निवृत्त शिक्षक समाज, सुनवर्षा नगरपालिकाको आयोजनामा आयोजित साधारण सभा तथा सम्मान कार्यक्रम श्री आधारभूत विद्यालय पटीयापाडा, सुनवर्षा–६ मा भव्य रूपमा सम्पन्न भएको छ।
कार्यक्रममा सुनवर्षा नगरपालिकाका नगरप्रमुख श्री श्यामप्रसाद राजबंशी र उपमेयर श्रीमती मिरादेवी दासको विशेष उपस्थिति रहेको थियो। कार्यक्रमको प्रमुख आकर्षण निवृत्त शिक्षकहरूको सम्मान रह्यो, जसमा नगरप्रमुख स्वयं उपस्थित भई शिक्षकहरूलाई सम्मानित गर्नुभयो।
सम्मान समारोहमा सहभागिता जनाएका धेरैजसो शिक्षकहरू भावुक बनेका थिए। उनीहरूले आफ्नो शिक्षकीय योगदानको सम्मान पाउँदा गर्वको अनुभूति भएको र नगरप्रमुख राजबंशीप्रति आभार प्रकट गरेका थिए।
नगरप्रमुख राजबंशीको शिक्षाप्रति समर्पण, वृद्धवृद्धा र सेवा निवृत्तहरूप्रतिको सम्मान र सद्भावले उपस्थित सबैको मन जितेको देखिएको थियो। कार्यक्रमले “शिक्षकप्रति सम्मान समाजको नैतिक जिम्मेवारी हो” भन्ने सन्देश दिएको छ।
#ourpradesh #op #sunbarai
प्रकाशित मिति: २०२५-०५-३१ , समय : २३:०२:३५ , २ दिन अगाडि