वडा अध्यक्ष राजवंशीको सक्रिय नेतृत्वमा अमरदह बजार सरसफाइ अभियान सम्पन्न सुनवर्षी–२ वडा कार्यालयको पहलमा सरसफाइ अभियान, स्थानीयको उच्च सहभागिता
मिति: २०२५-०६-०१ , समय : १२:३१:२६ , Our Pradesh
मिति: २०२५-०६-०१ , समय : १२:३१:२६ , Our Pradesh
Our Pradesh
सुनवर्षी, जेष्ठ ९
सुनवर्षी नगरपालिका–२ को आयोजनामा तथा वडा अध्यक्ष बिनोद राजवंशीको नेतृत्वमा अमरदह बजार क्षेत्रको सरसफाइ तथा व्यवस्थापन कार्यक्रम सफलतापूर्वक सम्पन्न गरिएको छ।
स्वच्छ र व्यवस्थित समाज निर्माणमा सधैं सक्रिय वडा अध्यक्ष राजवंशीको अग्रसरता र पहल यो अभियानको प्रेरणादायी पक्ष रहेको सहभागीहरूले बताएका छन्। वडा कार्यालयका प्रमुखको हैसियतमा उहाँले जनसहभागितालाई प्राथमिकता दिँदै स्वच्छता अभियानलाई नेतृत्व प्रदान गर्नुभएको थियो।
कार्यक्रममा स्वास्थ्य चौकी अमरदह, अमरदह बजार व्यवस्थापन समिति र अमरदह व्यापार प्रबन्ध समितिको सक्रिय समन्वय रहनुका साथै अमरदह प्रहरी चौकीका सुरक्षाकर्मी, नगरपालिकाका नगर प्रहरी तथा स्थानीय बासिन्दाहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
सरसफाइ अभियानका संयोजक यादव बस्नेतका अनुसार, बजार क्षेत्रको फोहोर व्यवस्थापन, बाटो र नाली सरसफाइ तथा जनचेतनामूलक सन्देशमार्फत समुदायलाई सरसफाइप्रति सजग गराउने उद्देश्यसहित अभियान सञ्चालन गरिएको थियो।
अभियानमा सहभागी सरोकारवाला निकायहरूले यस्तो कार्यक्रमले बजार क्षेत्रमा स्वच्छता कायम गर्न तथा सार्वजनिक सहभागिता अभिवृद्धि गर्न महत्त्वपूर्ण टेवा पुर्याएको ब
ताएका छन्।
प्रकाशित मिति: २०२५-०६-०१ , समय : १२:३१:२६ , २ दिन अगाडि