सार्वजनिक यातायात भोलिदेखि अनिश्चितकालीन बन्द हुने

मिति: २०२५-०६-०१ , समय : २०:२०:२३ , Our Pradesh

Our Pradesh

सार्वजनिक यातायात भोलिदेखि अनिश्चितकालीन बन्द हुन

विराटनगर, जेष्ठ १८ – सार्वजनिक यातायात बचाउ केन्द्रिय संघर्ष समिति–२०८२ ले भोलि जेष्ठ १९ गतेदेखि अनिश्चितकालीन सार्वजनिक यातायात बन्द गर्ने घोषणा गरेको छ। नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ, यातायात मजदुर संघ, समाजका विभिन्न संगठनहरूको संयुक्त निर्णयअनुसार आन्दोलनको तयारी गरिएको हो।

संघर्ष समितिका संयोजक धर्मेन्द्र शाहद्वारा जारी सूचनामा उल्लेख गरिएअनुसार ५७ सदस्यीय संघर्ष समिति गठन गरेर आन्दोलनको घोषणा गरिएको छ। यो निर्णय यातायात महासंघ तथा मजदुर संगठनहरूको संयुक्त विरोधपत्रअनुसार गरिएको जनाइएको छ।

यातायात बन्दको अवधिमा अति आवश्यक सेवाका सवारी साधनजस्तै एम्बुलेन्स, दुध बोक्ने गाडी, शवबाहन, दमकल, पत्रकार, मानव अधिकारकर्मी तथा सरकारी गाडीहरू भने संचालनमा रहने जनाइएको छ।

 

संघर्ष समितिले आन्दोलनको शान्तिपूर्ण रूपमै अघि बढाइने बताएको छ। आन्दोलनका थप कार्यक्रमहरू पनि चाँडै सार्वजनिक गरिने सूचनामा उ

ल्लेख छ।

प्रकाशित मिति: २०२५-०६-०१ , समय : २०:२०:२३ , २ दिन अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित