रंगेली नगरपालिकाको दाबी : आठ वर्षमा ११ गौरवका योजना सम्पन् हुँदै, आधुनिक कृषि बजारदेखि सेवा केन्द्रसम्म

मिति: २०२५-०६-०३ , समय : २१:५६:२६ , Our Pradesh

Our Pradesh

  1. रङ्गेली, मोरङ — ‘कृषि, पर्यटन, शिक्षा, स्वास्थ्य र पूर्वाधार : आधुनिक र समृद्ध रंगेलीको आधार’ भन्ने मूल नाराका साथ अघि बढिरहेको रंगेली नगरपालिकाले पछिल्लो आठ वर्षमा ११ वटा गौरव गर्न लायक योजना अघि बढेको दाबी गरेको छ।

नगरपालिकाका अनुसार, कृषिमा आधारित पूर्वाधारदेखि आपतकालीन सेवा केन्द्र, सामुदायिक भवन, सडक निर्माण, कोल्ड स्टोर, फोहोर व्यवस्थापन, स्वास्थ्य बिमा र अस्पताल सञ्चालनसम्मका योजनामा उल्लेखनीय उपलब्धि हासिल गरिएको छ।

 

‘कृषकमैत्री योजनाहरू’ नगरको केन्द्रमा

 

रंगेली नगरपालिका–९ दोहमनामा ३ करोड ५० लाख रुपैयाँ लागतमा पशुपंक्षी बजार निर्माण सम्पन्न भएको दाबी गरिएको छ। त्यस्तै, संघीय सरकारको २३ करोड लागतमा सुविधासम्पन्न कृषि बजार निर्माण अन्तिम चरणमा पुगेको नगरले जनाएको छ।

यसका साथै, ६०० मेट्रिकटन क्षमताको कोल्ड स्टोर निर्माण भइरहेको छ, जसमा १२ वटा चेम्बर हुनेछन् र चिस्यान छुट्टाछुट्टै नियन्त्रण गर्न सकिनेछ।

सेवा केन्द्र र विपद् व्यवस्थापन ‘नेपालमै नमुना हुने’ दाबी

 

रंगेली नगरपालिकाले मुख्यमन्त्री एकीकृत अत्यावश्यक सेवा केन्द्र निर्माण गरिरहेको छ, जसलाई नेपालमै विपद् व्यवस्थापनको नमुना केन्द्र बनाइने दाबी गरिएको छ। यो सेवा केन्द्रबाट दमकल, एम्बुलेन्स तथा उद्धार सामाग्री सञ्चालन हुने छ। सेवा कानेपोखरी, सुनवर्षी, धनपालथान र रंगेली क्षेत्रका नागरिकका लागि लक्षित गरिएको हो।

 

शहरी पूर्वाधार र जनसहभागिता

कालिमन्दिर परिसरमा निर्माणाधीन तीनतारे सामुदायिक भवन, चार पालिकासँग साझेदारीमा फोहोरमैला व्यवस्थापन केन्द्र, ३८ किलोमिटर सडक कालोपत्रे, सभाहल (ओडिटोरियम) लगायतका पूर्वाधारलाई समेत गौरवका योजनाका रूपमा प्रस्तुत गरिएको छ।

 

निःशुल्क सेवा र स्वास्थ्य क्षेत्रमा आम्दानीको दाबी

रंगेली नगरपालिकाले निःशुल्क शवदाह, स्वास्थ्य बिमा, र निःशुल्क रगत सेवा उपलब्ध गराउँदै आएको दाबी गरेको छ। हालसम्म नगरपालिकाले २,२०० नागरिकको स्वास्थ्य बिमा गरेको र त्यही बिमा वापतको रकमबाट नगरअन्तर्गतको अस्पतालले १० महिनामा १६ करोड आम्दानी गरेको प्रशासकीय अधिकृत प्रदीप साहले जानकारी दिए।

 

कृषकको सशक्तीकरण : बिजुलीको महशुल पनि पालिकाबाटै

 

नगरपालिकाले सिंचाई प्रयोजनमा प्रयोग हुने विद्युतको वार्षिक ७० लाख रुपैयाँ महशुल आफूले तिरिरहेको बताएको छ। बाँध बाँधेर निर्माण गरिएका जलाशयमार्फत हाल झण्डै १२ बिघा जमिन सिं

चाई गर्न सकिने भएको छ।

प्रकाशित मिति: २०२५-०६-०३ , समय : २१:५६:२६ , २ दिन अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित