सुनवर्षी–९ मलढैयामा मोटरसाइकल–ट्र्याक्टर ठोक्किँदा एकजनाको मृत्यु, अर्का घाइते
मिति: २०२५-०६-०५ , समय : २१:१७:०९ , Our Pradesh
मिति: २०२५-०६-०५ , समय : २१:१७:०९ , Our Pradesh
Our Pradesh
सुनवर्षी–९ मलढैयामा मोटरसाइकल–ट्र्याक्टर ठोक्किँदा एकजनाको मृत्यु, अर्का घाइत
मोरङ जिल्लाको सुनवर्षी नगरपालिका–९ मलढैया स्थित झपडतल–डाइनिया हुलाकी सडक खण्डमा सोमबार साँझ भएको सवारी दुर्घटनामा एकजनाको मृत्यु भएको छ भने एकजना घाइते भएका छन्।
झपडतलबाट डाइनिया तर्फ जाँदै गरेको मे.७प.१०२९ नम्बरको मोटरसाइकल अनियन्त्रित भई सडक छेउमा बिग्रिएर रोकी राखिएको को.१त.११०५ नम्बरको ट्याक्टरको पछाडि ठोक्किँदा दुर्घटना भएको हो।
दुर्घटनामा परी मोटरसाइकल चालक भारत बिहार राज्य अन्तर्गत अररिया जिल्लाको डाबरा सरनपुर निवासी वर्ष अन्दाजी २० का नबिन कुमार पौदारको शरीरका विभिन्न भागमा चोट लागी रंगेली अस्पतालमा उपचारको क्रममा साँझ ८:२५ बजे मृत्यु भएको रंगेली अस्पतालका चिकित्सकले पुष्टि गरेका छन्।
त्यस्तै, सोही मोटरसाइकलमा पछाडि सवार अररिया जिल्लाको आमगाछी पंचायत–७ कोहारा निवासी अन्दाजी १९ वर्षीय पप्पु कुमार बहरदारको दुबै हातमा चोट लागेको छ। उनी हाल रंगेली अस्पतालमा उपचाररत रहेको अस्पताल स्रोतले जनाएको छ।
प्रहरीका अनुसार घटनाको थप अनुसन्धान भइरहेको छ।
प्रकाशित मिति: २०२५-०६-०५ , समय : २१:१७:०९ , १ दिन अगाडि