रंगेलीमा चित्रकला प्रतियोगिता: सनग्लोरीमा सम्पन्न कार्यक्रमबाट मिनील्याण्ड र भानु मेमोरियल प्रथम

मिति: २०२५-०६-०७ , समय : ०९:१९:०७ , Our Pradesh

Our Pradesh

रंगेलीमा चित्रकला प्रतियोगिता: सनग्लोरीमा सम्पन्न कार्यक्रमबाट मिनिल्याण्ड र भानु मेमोरियल प्रथम

– मोरङ, नेपाल

मोरङको रंगेली नगरपालिका–७ स्थित सनग्लोरी इङ्लिस बोर्डिङ स्कुलमा सम्पन्न जिल्ला स्तरीय चित्रकला छनोट प्रतियोगितामा जूनियरतर्फ मिनिल्याण्ड बोर्डिङ स्कुल र सिनियरतर्फ भानु मेमोरियल एकेडेमी प्रथम भएका छन्।

 

प्याब्सन (निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन) रंगेली नगर समितिको आयोजनामा भएको प्रतियोगिता २०८२ सालको जेठ २३ गते शुक्रबार सम्पन्न भएको हो।

 

प्रतियोगिता उद्घाटन कार्यक्रममा प्याब्सन नगर अध्यक्ष गोपाल भट्टराई सभाध्यक्षका रूपमा सहभागी थिए। साथै, प्रदेश सल्लाहकार सुनिल पौडेल, जिल्ला सहकोषाध्यक्ष केदार पौडेल, पूर्व जिल्ला सहसचिव विकर्ण कार्की, जिल्ला सदस्य जीवन खनाल, नगर सल्लाहकार मोती ढकाल, नगर सचिव निराजन दाहाल, नगर कोषाध्यक्ष प्रमोद मण्डल, नगर सदस्य राजकुमार र सदानन्द दासको उपस्थिति रहेको थियो।

प्रतियोगिताको नतिजा यस्तो छ:

 

जूनियरतर्फ:

 

प्रथम: मिनील्याण्ड बोर्डिङ स्कुल, रंगेली–७

 

द्वितीय: सनग्लोरी इङ्लिस बोर्डिङ स्कुल, रंगेली–७

 

तृतीय: सनराइज इङ्लिस बोर्डिङ स्कुल

 

चौथो: दिव्य ज्योति अङ्ग्रेजी माध्यमिक विद्यालय

 

 

सिनियरतर्फ:

 

प्रथम: भानु मेमोरियल एकेडेमी

 

द्वितीय: सनग्लोरी इङ्लिस बोर्डिङ स्कुल

 

तृतीय: न्यू स्टार विद्यालय

 

चौथो: मिनिल्याण्ड बोर्डिङ स्कुल

 

 

प्रतियोगिताको मूल्यांकन कार्य निर्णायक गणेश लामाले गरेका थिए।

प्याब्सनका अनुसार चित्रकला प्रतियोगिताबाट छानिएका सहभागीहरू आगामी प्रदे

शस्तरीय प्रतिस्पर्धामा भाग लिनेछन्।

 

प्रकाशित मिति: २०२५-०६-०७ , समय : ०९:१९:०७ , ११ घन्टा अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित