सुनबर्सी पोखरी संरक्षण समितिमा अध्यक्ष अन्य वार्डका भएपछि स्थानीय चिन्तित
मिति: २०२५-०६-०७ , समय : ०९:३६:१९ , Our Pradesh
मिति: २०२५-०६-०७ , समय : ०९:३६:१९ , Our Pradesh
Our Pradesh
सुनबर्सी पोखरी संरक्षण समितिमा अध्यक्ष अन्य वार्डका भएपछि स्थानीय चिन्तित
रतुवामाई – मोरङ
रतुवामाई नगरपालिका–५ मा अवस्थित ऐतिहासिक तथा धार्मिक दृष्टिले प्रसिद्ध सुनबर्सी पोखरी संरक्षण समितिमा स्थानीय वडाबाहिरका व्यक्तिलाई अध्यक्ष बनाइएको विषयले हाल स्थानीयस्तरमा चासो र बहस उत्पन्न गराएको छ।
नयाँ वर्षको अवसरमा प्रत्येक वर्ष मेला लाग्ने यस पोखरीको धार्मिक महत्व मात्र नभई पर्यटकीय सम्भावनासमेत उच्च रहेको मानिन्छ। स्थानीय जनविश्वास अनुसार यो पोखरी चमत्कारिक रूपमा प्रतिष्ठित रहँदै आएको छ। पुरानो विश्वासअनुसार विवाहका अवसरमा आवश्यक भाँडाकुँडा र पूजासामग्री पोखरीबाट दैवी शक्तिको माध्यमबाट प्रकट हुने र प्रयोगपछि पुनः पोखरीमा हराउने विश्वास रहिआएको छ।
पोखरीको संरक्षण र व्यवस्थापनका लागि गठन गरिएको समितिको नेतृत्व भने रतुवामाई–५ मा रहेको यस ऐतिहासिक स्थलको साटो सुनबर्सी नगरपालिका वडा नं. ३ का अनन्त बुढाठोकी जो सो वार्डको वडा अध्यक्ष समेत रहेका छन् र उहाँकै नेतृत्वमा समिति गठन भएको छ, जसप्रति केही स्थानीयबासीहरूले गम्भीर आपत्ति जनाएका छन्। स्थानीयहरूको भनाइ अनुसार पालिका पनि छुट्टै रहेको छ। र लगानी गर्ने स्थानीय सरकार छुट्टाछुट्टै भएपछि विकासका काममा कठिनाइ भइरहेको बताए।
स्थानीयहरू भन्छन्, “हाम्रो वडामा रहेको पोखरीको संरक्षण नेतृत्व अर्काे वडाका जनप्रतिनिधिले लिँदा हामीलाई कुरा राख्न कठिन भइरहेको छ। धार्मिक तथा ऐतिहासिक सम्पदाको जिम्मेवारी त्यही वडाका वडाध्यक्षले लिनुपर्ने हो।”
यसै विषयमा रतुवामाई नगरपालिकाका मेयर नागेश्वर प्रसाद सिंहले पनि नगरपालिकाले पोखरी संरक्षणमा ध्यान दिँदै आएको र नेतृत्व सम्बन्धित वडाबाट हुनु नै न्यायोचित हुने बताए। “पोखरीमा जडान गरिएका विद्युत् बत्तीहरू नगरपालिकाकै लगानीबाट भएका हुन्,” उनले थपे।
वडा नं. ५ का वडाध्यक्ष सोमनाथ कार्कीले पनि यस विषयमा गम्भीर ध्यान दिँदै पोखरी संरक्षणसम्बन्धी विषय अब नगर समितिमा राखिने बताए। अध्यक्ष अरु वडाका व्यक्ति भएकाले कार्यसम्पादनमा चुनौती भइरहेको उनको भनाइ छ। “अब हाम्रो वडाबाटै नेतृत्व हुने व्यवस्था मिलाइनुपर्छ,” उनले जोड दिए।
धार्मिक सम्पदाको संरक्षणमा स्थानीय सरकारको अग्रसरता र नेतृत्व अपरिहार्य हुने जनाउँदै स्थानीयहरूले पोखरीको समितिमा प्रतिकूल संरचना सुधार्न आग्रह गरेका छन्।
प्रकाशित मिति: २०२५-०६-०७ , समय : ०९:३६:१९ , १० घन्टा अगाडि