गम्भीर मुद्दामा हाँसोको धार : प्रभात लामाको परिपक्व प्रस्तुति चर्चामा

मिति: २०२५-०६-११ , समय : २१:५८:२८ , Our Pradesh

Our Pradesh

गम्भीर मुद्दामा हाँसोको धार : प्रभात लामाको परिपक्व प्रस्तुति चर्चाम

मोरङ ,रङ्गेली —

समाजका गम्भीर मुद्दाहरूलाई हाँसोको माध्यमबाट उजागर गर्न माहिर कमेडियन प्रभात लामा फेरि एकपटक चर्चामा आएका छन्। ‘कमेडी नाइट विथ च्याम्पियन’को पछिल्लो एपिसोडमा पूर्वमन्त्री मोहम्मद अफताव आलमको विषयलाई केन्द्रमा राखेर प्रस्तुत गरेको उनको व्यङ्ग्यले सामाजिक सञ्जालमा व्यापक चर्चा पाएको छ।

भर्खरै उच्च अदालत वीरगन्जले आलमलाई कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग र बम विस्फोटको मुद्दामा सफाइ दिएको थियो। यसअघि जिल्ला अदालत रौतहटले उनलाई दोषी ठहर गर्दै जन्मकैदको सजाय सुनाएको थियो। उच्च अदालतको निर्णयले समाजमा मिश्रित प्रतिक्रिया ल्याएको छ। यतिबेला यही विषयलाई आधार बनाएर प्रभात लामाले व्यङ्ग्यात्मक प्रस्तुति दिए।

स्टेजमा आलमकै लवज, हाउभाउ र चर्चित ‘ठट ठट ठट्टा गर्नुहुन्छ’ भन्ने शैलीमा प्रस्तुत भएका लामाले इँटाभट्टामा मान्छे जलाउने आरोपदेखि वकिललाई गरगहना दिने प्रसंगसम्मलाई व्यङ्ग्यको मसला बनाए। उनको प्रस्तुति हलभित्र उपस्थित दर्शकहरूले ताली र हाँसोका साथ स्वागत गरे।

 

कार्यक्रममा सांसद डा. तोसिमा कार्की, सुमना श्रेष्ठ, नीशा डाँगी र असिम साहसमेत उपस्थित थिए। उनीहरू पनि लामाको प्रस्तुति हेर्दै मुस्काइरहेका थिए। कतिपयले प्रभातको व्यङ्ग्यलाई अदालतको फैसलाभन्दा बढी सन्देशमूलक र न्यायोचित भनेका छन्।

 

यसअघि केशव स्थापितदेखि महावीर पुनसम्मको क्यारिकेचर गरेर चर्चामा आएका प्रभात लामाको यो प्रस्तुति थप चर्चा र लोकप्रियताको शिखरमा पुगेको छ। यद्यपि, अझै पनि उनलाई स्थापित कलाकारको सूचीमा स्थान दिन बाँकी रहेको चर्चा

भइरहेको छ।

 

प्रकाशित मिति: २०२५-०६-११ , समय : २१:५८:२८ , १ दिन अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित