बमको धम्कीपछि एयर इन्डियाको विमान थाइल्याण्डमा आपतकालीन अवतरण
मिति: २०२५-०६-१३ , समय : १४:४२:२९ , Our Pradesh
मिति: २०२५-०६-१३ , समय : १४:४२:२९ , Our Pradesh
Our Pradesh
जेठ ३०, २०८२: बमको धम्कीपछि एयर इन्डियाको विमान थाइल्याण्डमा आपतकालीन अवतरण
एजेन्सी : एयर इन्डियाको उडान AI-379 लाई थाइल्याण्डको फुकेट विमानस्थलमा बमको धम्की प्राप्त भएपछि आपतकालीन अवतरण गरियो। विमानले फुकेटबाट नयाँ दिल्लीका लागि उडान भरेको केही समयपछि बमको धम्की आएको थियो।
यात्रु र विमानस्थलका अधिकारीहरूलाई त्रासमा पार्ने उक्त घटनामा १५६ यात्रु सवार थिए। धम्कीको सूचना प्राप्त भएपछि, पाइलटले विमानलाई सुरक्षित रूपमा फुकेटमा अवतरण गराएका थिए र यात्रुहरूलाई आपतकालीन प्रोटोकलअन्तर्गत विमानबाट बाहिर निकालिएको थियो।
विमानले अण्डमान सागरमाथि ठूलो घेरा बनाएर पुनः फुकेट विमानस्थलमा अवतरण गरेको थियो। विमानस्थलका अधिकारीहरू भने बमको धम्कीको बारेमा कुनै जानकारी प्रदान नगरेका छन्।
यो घटनासँगै, एयर इन्डियाको अर्को विमान दुर्घटनामा २४१ यात्रुको मृत्यु भएको खबर
आएको छ।
प्रकाशित मिति: २०२५-०६-१३ , समय : १४:४२:२९ , १८ घन्टा अगाडि