महावीर हेल्थ फाउण्डेसनको सहकार्यमा निशुल्क स्वास्थ्य शिविर तथा रक्तदान कार्यक्रम सम्पन्न
मिति: २०२५-०६-१४ , समय : २१:०८:३५ , Our Pradesh
मिति: २०२५-०६-१४ , समय : २१:०८:३५ , Our Pradesh
Our Pradesh
महावीर हेल्थ फाउण्डेसनको सहकार्यमा निशुल्क स्वास्थ्य शिविर तथा रक्तदान कार्यक्रम सम्पन्न
३१ जेष्ठ, विराटनगर
महावीर हेल्थ फाउण्डेसनको आयोजनामा विश्व रक्तदाता दिवसको अवसरमा ललितपुरको लगनखेल बसपार्कमा विशेष निशुल्क स्वास्थ्य शिविर र रक्तदान कार्यक्रम सम्पन्न भएको छ। उक्त कार्यक्रममा २०० भन्दा बढी यातायात श्रमिकहरूको स्वास्थ्य परीक्षण गरिएको थियो।
समाजसेवी संस्था महावीर हेल्थ फाउण्डेसन, इनोभा हस्पिटल, लोमस फर्मास्यूटिकल्स र माइक्रो ल्याब्स लिमिटेडको सहकार्यमा आयोजित यो कार्यक्रम स्वतन्त्र यातायात श्रमिक संगठनको नेतृत्वमा सम्पन्न भएको हो।
समारोहका प्रमुख अतिथि सामाजिक सुरक्षा कोषका कार्यकारी निर्देशक कविराज अधिकारीले रक्तदाता दिवसको अवसरमा आयोजना गरिएको यस कार्यक्रमको महत्वमा प्रकाश पार्दै, आयोजक र सहकार्य गर्ने संस्थाहरुलाई धन्यवाद ज्ञापन गर्नुभयो।
महावीर हेल्थ फाउण्डेसनका अध्यक्ष दिपक भट्टाचार्यले कार्यक्रममा जानकारी दिंदै भने, “हामीले विगतमा १२८ वटा स्वास्थ्य शिविर सम्पन्न गरेका छौं र भविष्यमा यस्ता कार्यक्रमहरू अझ बढी आयोजना गर्ने लक्ष्य राखेका छौं।”
कार्यक्रममा उपस्थित चिकित्सकहरूले मुटु र मधुमेह जाँच, रक्त परीक्षण, औषधि वितरण सहित विभिन्न स्वास्थ्य सेवाहरू प्रदान गरे। यस अवसरमा ७८ जनाले स्वेच्छाले रक्तदान गरेका थिए।
यो कार्यक्रमले स्वास्थ्य क्षेत्रमा विशेष योगदान पुर्याएको र धेरैलाई स्वास्थ्य सेवामा पहुँच पुर्याउने महत्वपूर्ण कदम रहेको आयोजकहरूले
बताएका छन्।
प्रकाशित मिति: २०२५-०६-१४ , समय : २१:०८:३५ , १२ घन्टा अगाडि