बेलिब्रिज खस्दा घाइते भएका तीन मजदुरको मृत्यु, तीनको उपचार जारी

मिति: २०२५-०६-१५ , समय : ०९:२२:१६ , Our Pradesh

Our Pradesh

बेलिब्रिज खस्दा घाइते भएका तीन मजदुरको मृत्यु, तीनको उपचार जारी

विराटनगर, असार १ गते ।

मेची राजमार्गअन्तर्गत पाँचथरको हेवा खोलामा निर्माणाधीन बेलिब्रिज भत्किँदा घाइते भएका तीन जना मजदुरको उपचारका क्रममा मृत्यु भएको छ ।

 

मृत्यु हुनेमा बारा जिल्लाको सिमरा उपमहानगरपालिका–१२ का २२ वर्षीय रूपलाल चौधरी, २७ वर्षीय राजन चौधरी र २२ वर्षीय राकेश चौधरी रहेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।

घटना लगत्तै गम्भीर घाइते भएका उनीहरूलाई पाँचथर अस्पताल हुँदै विराटनगरस्थित नोवेल मेडिकल कलेज टिचिङ अस्पताल पुर्‍याइएको थियो । तर, अस्पताल पुर्‍याउनासाथ चिकित्सकले तीनै जनालाई मृत घोषणा गरेका थिए ।

 

पाँचथर अस्पतालका अनुसार प्रारम्भिक अवस्थामा बाहिरी चोट नदेखिए पनि उनीहरू बोल्न नसक्ने अवस्थामा थिए । हालसम्म बाँकी तीन जना घाइतेको उपचार भइरहेको छ ।

 

हेवा खोलामा निर्माणाधीन बेलिब्रिज २०८१ असोज १२ गतेको बाढीले पुरानो बेलिब्रिज बगाएपछि पुनः जडान गर्ने क्रममा खसेको हो । जडानको काम नसकिँदै पुल खस्दा काममा खटिएका ६ जना मजदुर घाइते भएका थिए ।

 

हेवा खोला फिदिम नगरपालिका–४ र हिलिहाङ गाउँपालिका–७ को सीमाना क्षेत्रमा पर्दछ ।

प्रकाशित मिति: २०२५-०६-१५ , समय : ०९:२२:१६ , १३ घन्टा अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित