नेपाल पत्रकार महासंघ मोरङद्वारा ७ दिने आधारभूत पत्रकारिता तालिम सम्पन्न, ४० पत्रकारको भविष्य सुनिश्चित, सम्पूर्ण सुविधासहित तालिम सञ्चालन”
मिति: २०२५-०६-१६ , समय : ११:०४:०२ , पारस मण्डल
मिति: २०२५-०६-१६ , समय : ११:०४:०२ , पारस मण्डल
पारस मण्डल
रङ्गेली, असार १ – नेपाल पत्रकार महासंघ मोरङले आन्तरिक मामिला तथा कानुन मन्त्रालयको सहकार्यमा विराटनगर स्थित महासंघको केन्द्रीय कार्यालय सभा हलमा ७ दिने आधारभूत पत्रकारिता तालिम सफलतापूर्वक सम्पन्न गरेको छ।तालिममा ४० जना भन्दा बढी पत्रकारिता क्षेत्रमा रुचि राख्ने विधार्थी र इच्छुक व्यक्तिहरूले सहभागिता जनाए।
कार्यक्रमको दौरान सहभागीहरूलाई आवास, खाना, नास्ता लगायत सम्पूर्ण सुविधा प्रदान गरिएको थियो, जसले तालिमको गुणस्तर र सहजता थपेको थियो। समापन समारोहमा प्रमुख अतिथि नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य कमल रिमालले प्रशिक्षार्थीहरूलाई मेहेनत र लगनशीलतासँग पेशामा इमान्दार भएर काम गर्न शुभकामना दिए। उनले, “यदि तपाईहरू पेशामा इमान्दार भएर काम गर्नुहुन्छ भने, पत्रकारिताबाट सहज जीवन यापन गर्न सकिन्छ,” भन्ने सन्देश दिनुभयो।
तालिमका प्रमुख प्रशिक्षक यज्ञ शर्मा, बन्धु पोख्रेल, महेन्द्र विष्ट, कुमार लुइँटेल लगायत १६ जना प्रशिक्षकहरूले आमसञ्चार, समाचार लेखन, फोटो पत्रकारिता, संसदीय पत्रकारिता, अनलाइन सञ्चार माध्यम, पत्रकार आचारसंहिता र पत्रकारितामा एआईको प्रयोग लगायतका विषयमा प्रशिक्षण दिएका थिए।
समापन समारोहमा बोल्दै नेपाल पत्रकार महासंघ मोरङकी अध्यक्ष सुशिला पाठकले भने, “हामीले यस तालिममार्फत् पत्रकारिता क्षेत्रमा नयाँ क्षमता र सीपको विकास गर्ने उद्देश्य राखेका थियौं। आगामी दिनमा अझ प्रभावकारी र सीपमूलक तालिमहरू ल्याउने हाम्रो प्रतिबद्धता कायम रहन्छ।” उनले भविष्यमा पत्रकारिता क्षमताको ठूलो विकास र नयाँ प्रविधिलाई जोड्ने खालको तालिम ल्याउने योजना रहेको बताइन्।
तालिममा सहभागी रहेका ब्रमदेव मेहेताले आफ्नो अनुभव साझा गर्दै भने, “मैले यस तालिमबाट ठूलो मद्दत र आत्मविश्वास प्राप्त गरेको छु। यसले मेरो कार्यशैलीलाई अझ परिपक्क बनाएको छ।
” त्यसैगरी, सहभागि निकिता सिंहले पनि तालिमले आफूलाई पत्रकारितामा क्षमताको ठूलो अभिवृद्धि भएको प्रतिक्रिया दिइन्। रन्जु कोइरालाले भने, “यस तालिमले मलाई परिपक्क पत्रकार बनाउन ठूलो मद्दत पुर्याएको छ,” भन्ने विचार व्यक्त गरिन्।
समापन समारोहमा सहभागीहरूलाई प्रमाणपत्र प्रदान गरिएको थियो र आगामी दिनमा यस्ता तालिमहरू अझ प्रभावकारी ढंगले आयोजना गर्ने प्रतिबद्धता महा
संघले जनायो।
प्रकाशित मिति: २०२५-०६-१६ , समय : ११:०४:०२ , ३ हप्ता अगाडि