रङ्गेली वार्ड नं ६ सिमसार विषयलाई लिएर सर्वदलीय बैठक
मिति: २०२५-०६-१९ , समय : १४:१६:०८ , पारस मण्डल
मिति: २०२५-०६-१९ , समय : १४:१६:०८ , पारस मण्डल
पारस मण्डल
रङ्गेली नगरपालिका, वार्ड नं ६ सिमसारको विषयलाई लिएर आज एक सर्वदलीय बैठक आयोजित गरिएको छ।
बैठकमा नेपाली कांग्रेस रङ्गेली नगर, जसपा नेपाल रङ्गेली, जनमत पार्टी, राप्रपा, नेकपा एमाले रङ्गेली, र नेकपा माओवादी रङ्गेली पार्टीका प्रतिनिधिहरूले सहभागिता जनाए।
बैठकमा राजनीतिक दलहरूले आफ्नो प्रतिक्रिया प्रस्तुत गरे भने नगरपालिकाले सिमसार योजनाको सम्भावनाबारे जानकारी गरायो। यद्यपि बैठकमा कुनै ठोस निर्णय नभएकोले आगामी बैठकमा पुनः सबै दल र यहाँका स्थानीय किसानहरूसँग छलफल गरेर मात्रै निर्णयमा पुग्ने निष्कर्षमा पुगेको छ।
आजको बैठकमा सम्पूर्ण पार्टीको एउटा मात्र जोड रह्यो कि, कुनै पनि कार्य गर्दा नगरपालिका पारदर्शिता नभएको छ र सिमसार विषयलाई पनि त्यहाँका स्थानीय किसान र नगरवासीलाई समेत यस विषयको विस्तृत जानकारी गराइदिन अनुरोध गरियो। साथै, नगर प्रमुख दिलिप बगडियाले बैठकको अन्त्यमा स्पष्ट पारे, “अबको दिनमा नगरपालिकाले पनि सर्वदलीय बैठक बसेर नै कुनै ठोस निर्णयहरु गर्ने छ।”
सिमसारको समुचित विकास र कार्यान्वयनका लागि अझै थप छलफल र सहमति आवश्यक रहेको बैठकको निष्कर्षले स्पष्ट पा
रेको छ।
प्रकाशित मिति: २०२५-०६-१९ , समय : १४:१६:०८ , ३ हप्ता अगाडि