खोलामा अवैध रूपमा उत्खनन गर्ने ट्याक्टर र जेसीबी नियन्त्रण गरियो

मिति: २०२५-०६-२० , समय : १६:२६:१६ , Our Pradesh

Our Pradesh

सुनवर्षी, ६ असार २०८२

 

सुनवर्षी नगरपालिका वार्ड नं ६, टुकिया खाडीमा अवैध रूपमा भरोट माटो उत्खनन गर्दै गरेको अवस्थामा प्रहरीले ट्याक्टर, जेसीबी र चालकलाई नियन्त्रणमा लिएको छ।

आज शुक्रबार बिहानै ०९:०० बजे मोरङको सुनवर्षी नगरपालिका-०६, टुकियाखाडि स्थित बक्रा खोलामा अवैध रूपमा भरोट माटो उत्खनन भइरहेको जानकारी पाएपछि प्रहरी टोली घटनास्थलमा पुगेको थियो। प्रहरीले चालक सहित ट्याक्टर र जेसीबीलाई नियन्त्रणमा लिई सुनवर्षी नगरपालिकाको कार्यालयमा बुझाएको छ। इलाका प्रहरी कार्यालय रंगेलीका प्रहरी निरीक्षक नरेन्द्र कुमार बोगटीले यसबारे जानकारी दिएका छन्।

नियन्त्रणमा लिएका सवारी साधन र चालकहरू निम्न छन्: १. ट्याक्टर चालक – जिल्ला मोरङ, सुनवर्षी नगरपालिका-०९ बस्ने वर्ष २६ का यम तामाङ (ट्याक्टर नम्बर को२त-५७७७४)

२. ट्याक्टर चालक – ऐ.-०६ बस्ने वर्ष ३० का बुधलाल हेमराम (ट्याक्टर नम्बर को२त-२१५६)

३. ट्याक्टर चालक – जिल्ला मोरङ, रतुवामाई नगरपालिका-०५ बस्ने वर्ष ४० का मनोज सिबाकोटी (ट्याक्टर नम्बर को२त-८९४२)

४. जेसीबी चालक – जिल्ला मोरङ, रंगेली नगरपालिका-७ बस्ने वर्ष २२ का अमित पोदार (जेसीबी नम्बर को१क-२७००)

यस घटनाले अवैध उत्खननको समस्या र त्यसको नियन्त्रणका लागि प्रशासनले ठोसकदम चालेको छ।

 

प्रकाशित मिति: २०२५-०६-२० , समय : १६:२६:१६ , ३ हप्ता अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित