रंगेली, मधुबनीमा दुई मोटरसाइकल ठोक्किँदा दुई जना गम्भीर घाइते
मिति: २०२५-०६-२१ , समय : १०:४८:०० , Our Pradesh
मिति: २०२५-०६-२१ , समय : १०:४८:०० , Our Pradesh
Our Pradesh
रंगेली, मधुबनीमा दुई मोटरसाइकल ठोक्किँदा दुई जना गम्भीर घाइते
रंगेली नगरपालिका वडा नं. ६ मधुबनीमा जो करिब राति १० बजे दुई मोटरसाइकल एक आपसमा ठोकी दुर्घटना भएको छ। मोरङ रंगेली नपा ६ मधुबनी चोकस्थित बिराटनगर रंगेली हुलाकी सडक खण्डमा रंगेली तर्फ जाँदै गरेको को२२प ६४६४ नं. को मोटरसाइकल विपरीत दिशा बाट आउँदै गरेको प्रदेश१-०२-०४१प ३५३९ नं. को मोटरसाइकलसँग ठक्कर खाई दुर्घटना हुँदा को२२प ६४६४ नं. को मोटरसाइकल चालक, ब्रम्मनाथ मण्डल, ४५ वर्षीय, जो रंगेली नगरपालिका-०७ स्कुलटोलका निवासी हुन्, टाउकोमा सामान्य चोट लागेका छन्।
त्यसैगरी, प्रदेश१-०२-०४१प ३५३९ नं. को मोटरसाइकल चालक, सेरु चुरौटे, ५० वर्षीय, रंगेली नगरपालिका-८ का निवासी छन् र उनलाई छाती र बाँया कुम्मामा सामान्य चोट लागेको छ। दुबै घाइतेलाई रंगेली अस्पतालमा प्राथमिक उपचार प्रदान गरिएको छ र थप उपचारको लागि ब्रम्मनाथ मण्डल लाई कोशी अस्पताल बिराटनगर तर्फ रेफर गरिएको छ।
प्रहरी टोली घटनास्थलमा पुगेको छ र दुबै मोटरसाइकल इलाका प्रहरी कार्यालय रंगेलीको नियन्त्रणमा रहेका छन्। घटनाको थप अनुसन्धान भइरहे
को छ।
प्रकाशित मिति: २०२५-०६-२१ , समय : १०:४८:०० , ३ हप्ता अगाडि