नेपाल राष्ट्रिय बांग्ला समाज कोशी प्रदेश स्तरीय बैठक भव्य र सभ्य रुपमा सम्पन्न
मिति: २०२५-०६-२२ , समय : २१:२०:४६ , Our Pradesh
मिति: २०२५-०६-२२ , समय : २१:२०:४६ , Our Pradesh
Our Pradesh
नेपाल राष्ट्रिय बांग्ला समाज कोशी प्रदेश स्तरीय बैठक भव्य र सभ्य रुपमा सम्पन्न
सुन्दर हरैंचा, मोरङ – नेपाल राष्ट्रिय बांग्ला समाजको कोशी प्रदेश स्तरीय बैठक आज सुन्दर हरैंचा नगरपालिका वडा नं. ५, मोरङ स्थित नयाँ बृन्दावन गौशालामा भव्य र सभ्य तरिकाले सम्पन्न भएको छ।
कार्यक्रमको पहिलो चरणमा नेपाल राष्ट्रिय बांग्ला समाजका केन्द्रीय अध्यक्ष पार्थो सरकारको अध्यक्षतामा, कोशी प्रदेश वन तथा पर्यटन मन्त्रालयका स्वकीय सचिव कुन्दन मंडल ज्यू प्रमुख अतिथिको रूपमा उपस्थित थिए। कार्यक्रममा Bengali Community in Nepal Case Study नामक पुस्तकको विमोचन गरिएको थियो। यस अवसरमा विशिष्ट अतिथि अनुप कुमार दास ज्यूले पुस्तकको विशेषता र लेखन विधिबारे विस्तृत जानकारी प्रस्तुत गर्नुभयो। प्रमुख अतिथी कुन्दन मंडल ज्यूले ब्यानर वाचन गर्दै कार्यक्रमको उद्घाटन गर्नुभयो।
दोस्रो चरणको कार्यक्रमको अध्यक्षता नेपाल राष्ट्रिय बांग्ला समाज कोशी प्रदेश इन्चार्ज प्रमोद कुमार चक्रवर्ती ज्यूले गर्नुभयो, र समाजका आजिवन सदस्य अनुप कुमार दास ज्यू प्रमुख अतिथिका रूपमा सहभागी थिए। विशिष्ट अतिथिका रूपमा समाजका संस्थापक उपाध्यक्ष तथा समाजसेवी विपलभ घोष ज्यू, केन्द्रीय कोषाध्यक्ष विन्दानन्द नुन्दी, ललित मंडल, सन्त कुमार नुन्दी, खकन कुमार दास, जवा चक्रवर्ती, राजेश दास, तापस दास, पंकज मंडल, रविन मंडल, दिगम्बर मंडल, दिपक मंडल लगायत अन्य सदस्यहरूको उपस्थिति थियो।
कार्यक्रमको संचालन केन्द्रीय कोषाध्यक्ष विन्दानन्द नुन्दी र दश्मी मंडलले गरेका थिए। स्वागत मन्तव्यको अवसरमा पहिलो चरणमा कोशी प्रदेश इन्चार्ज प्रमोद कुमार चक्रवर्ती ज्यू र दोस्रो चरणमा राजेश दास ज्यूले शुभकामना मन्तव्य राख्नुभयो।
बैठकमा मिति २०८२ जेष्ठ १४ गतेको प्रकाशित सूचना अनुसार कोशी प्रदेशको नामावली सर्वसहमतिमा पारित गरिएको छ। प्रमुख अतिथी कुन्दन मंडल ज्यूले पुस्तकको विषयमा मन्त्रालयबाट आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो।
यसैगरी, विशिष्ट अतिथि विपलभ घोष ज्यूले सबैलाई एकजुट भएर हिँड्न र आफ्नो हकअधिकारको लागि आन्दोलन गर्नुपर्ने आवश्यकता औंल्याउनुभयो। उहाँले बंगाली समुदायलाई तयारी अवस्थामा बस्न आग्रह गर्दै आफ्नो हकको लागि आवाज उठाउनुपर्ने महत्त्वपूर्ण कुरा उल्लेख गर्नुभयो।
कार्यक्रमका अन्तिममा नयाँ बृन्दावन गौशालाका गुरु दिनाबन्दु शास्त्री ज्यूले समाज प्रति प्रतिबद्धता व्यक्त गर्दै यस पवित्र स्थलबाट हामी सबैलाई समाजको लागि प्रतिबद्ध भएर लाग्नुपर्ने धारणा प्रस्तुत गर्नुभयो।
यस कार्यक्रमले बांग्ला समाजको एकता र भविष्यका योजनाहरूलाई मजबुत बनाउने आधा
र तयार गरेको छ।
प्रकाशित मिति: २०२५-०६-२२ , समय : २१:२०:४६ , २ हप्ता अगाडि