मिनिल्याण्ड इङ्लिस बोर्डिङ स्कुलमा NCC प्रथम प्रवचन कार्यक्रम सम्पन्न | 

मिति: २०२५-०६-२४ , समय : ०९:३९:१२ , Our Pradesh

Our Pradesh

रङ्गेली ,आषाढ ०९ गते

मिनिल्याण्ड इङ्लिस बोर्डिङ स्कुल, रङ्गेलीमा National Cadet Corps (NCC) तालिम प्रारम्भको अवसरमा प्रथम प्रवचन कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ।

कार्यक्रममा रङ्गेली नगरपालिकाका नगरप्रमुख श्री दिलीपकुमार अग्रवालज्यू प्रमुख अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो भने प्रमुख सेनानी श्री अरुण कार्की र सेनानी श्री हेमकुमार शिवाकोटीज्यू विशिष्ट अतिथिका रूपमा सहभागी हुनुभएको थियो।

यस वर्ष NCC तालिमका लागि छनोट भएका १५ जना छात्र र १५ जना छात्रालाई अभिभावकसहित आमन्त्रित गरियो। कार्यक्रममा सेनानीज्यूहरूले NCC तालिमको महत्व, नियम र राष्ट्रसेवाको भावना बारे प्रेरणादायी मन्तव्य प्रस्तुत गर्नुभयो।

कार्यक्रमले तालिमका नयाँ प्रशिक्षार्थीहरूलाई सकारात्मक ऊर्जा र नेतृत्वका गुणहरू विकसीत गर्ने उद्देश्य पूरा गर्न मद्दत पुर्याउने अपेक्षासहित सम्पन्न

भएको छ।

प्रकाशित मिति: २०२५-०६-२४ , समय : ०९:३९:१२ , २ हप्ता अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित