सवारी दुर्घटना : रंगेलीमा मोटरसाइकल र ट्याक्टरको ठक्कर, एक जनाको मृत्यु, एक घाइते
मिति: २०२५-०६-२४ , समय : १७:३१:१९ , Our Pradesh
मिति: २०२५-०६-२४ , समय : १७:३१:१९ , Our Pradesh
Our Pradesh
आज अर्थात् अषाढ १० गते करिब १४:४७ बजेको समयमा मोरङ जिल्लाको रंगेली नगरपालिकामा स्थित दर्बेशा चौकमा सवारी दुर्घटना भएको छ।
दर्बेशा बाट रंगेली तर्फ आउँदै गरेको को ३९प ३९३२ नं. को मोटरसाइकललाई दर्बेशाबाट खेत जोत्ने बाटोमा निस्किँदै गरेको P1-02-003TA2856 नं. को ट्याक्टरले ठक्कर दिएको थियो।
दुर्घटनामा मोटरसाइकलका चालक, ३२ वर्षीय केदार न्यौपाने, जि. मोरङ रंगेली नगरपालिका ०१ बबिया टोलका निवासी, टाउको, दुबै हात र शरीरका विभिन्न भागमा गम्भीर चोट लागी रंगेली अस्पतालमा पुर्याइएका थिए। चिकित्सकले मोटरसाइकलका चालकलाई मृत घोषणा गरे।
यता, मोटरसाइकलमा पछाडी सवार ४१ वर्षीय राजन भट्टराई, जि. मोरङ रंगेली नगरपालिका निवासी, घाइते भएका छन्। उनले बाँया हात र शरीरका विभिन्न भागमा चोट लागेर रंगेली अस्पतालमा सामान्य उपचारपछि थप उपचारको लागि नोबेल अस्पताल, बिराटनगर तर्फ रेफर गरिएको छ। उनका अवस्था मध्यम रहेको बताइएको छ।
ट्याक्टर चालक भने घटनास्थलबाट फरार रहेको र घटनाको बारेमा इप्रका रंगेलीलाई जानकारी प्राप्त भएको छ। सोही समयमा ट्याक्टर र मोटरसाइकल इप्रका रंगेलीको नियन्त्रणमा रहेको छ। पुलिस थप अनुसन्धान
गर्दैछ।
प्रकाशित मिति: २०२५-०६-२४ , समय : १७:३१:१९ , २ हप्ता अगाडि