हिन्दू दर्शन कार्यक्रम सम्पन्न: हिन्दू जीवन पद्धति केवल धार्मिक अभ्यास मात्र होइन, वैज्ञानिक सोच पनि हो – यादव
मिति: २०२५-०६-२८ , समय : २२:५८:०० , Our Pradesh
मिति: २०२५-०६-२८ , समय : २२:५८:०० , Our Pradesh
Our Pradesh
कार्यक्रममा हिन्दू सभ्यता, दर्शन र वर्तमान विश्व सन्दर्भमा यसको प्रयोगात्मक पक्षबारे व्यापक छलफल भएको थियो। कार्यक्रममा विभिन्न सामाजिक, राजनीतिक तथा शैक्षिक क्षेत्रका विशिष्ट व्यक्तित्वहरूको सहभागिता थियो।
कार्यक्रमको अध्यक्षता राष्ट्रिय एकता अभियानका केन्द्रीय अध्यक्ष विनय यादवले गर्नु भएको थियो। उहाँले हिन्दू जीवन पद्धति केवल धार्मिक अभ्यास मात्र नभइ सामाजिक सद्भाव, वैज्ञानिक सोच र मानवीय मूल्यको मार्गदर्शक भएको उल्लेख गर्दै अभियानले राष्ट्रहितका कार्यक्रमहरूलाई सशक्तरूपमा अघि बढाउने प्रतिबद्धता जनाउनु भएको थियो।
पूर्व मन्त्री रामेश्वर राय यादवले हिन्दू दर्शनलाई नेपाली समाजको नैतिक मेरुदण्डको रूपमा चित्रण गर्दै यस दर्शनले राजनीतिक र सामाजिक अन्यौलताका बीच मार्गदर्शन गर्ने बताउनु भयो। उहाँले हिन्दू जीवन पद्धति र राष्ट्रवादको अन्तर्सम्बन्धबारे आफ्नो गहिरो दृष्टिकोण प्रस्तुत गर्नु भयो।
कार्यक्रममा विशिष्ट अतिथिका रूपमा माननीय रुक्मिणी चौधरी, जनमत पार्टीका केन्द्रीय उपाध्यक्ष इन्जिनियर दीपक साह, सह-प्राध्यापक संजय पटेल, सम्पादक दिनेश डीसी लगायत अन्य सामाजिक अगुवाहरूले हिन्दू दर्शनको वैज्ञानिकता, विश्व स्वीकार्यता र युवा पुस्तामा यसको पुनर्जागरणको आवश्यकता बारे जोड दिनु भएको थियो।
स्वागत मन्तव्य चन्द्र यदुवंशीले गर्नु भएको थियो, जसमा कार्यक्रमको उद्देश्य, डा. सोनीको योगदान र अभियानको वर्तमान गतिविधिबारे संक्षेपमा जानकारी गराइएको थियो।
कार्यक्रमको सञ्चालन राष्ट्रिय एकता अभियानका युवा विभाग संयोजक दिवस पटेलले गर्नु भएको थियो। उहाँले हिन्दू दर्शनमाथि युवाहरूको बढ्दो आकर्षण र यसलाई व्यावहारिक शिक्षाका रूपमा स्थापित गर्न अभियानले लिएको रणनीति प्रस्तुत गर्नु भयो।
कार्यक्रममा अभियानका केन्द्रीय सदस्य लक्ष्मी ज्ञावली, रीता साह, कलानन्द मिश्र, जय नारायण यादव, धर्मेन्द्र यादव लगायतको उपस्थिति रहेको थियो।
सामाजिक एकताको सन्देश प्रवाह गर्दै, यस कार्यक्रमले हिन्दू जीवन दर्शनप्रति जनचेतना अभिवृद्धि गर्ने कार्य गरेको सहभागी
हरूको धारणा थियो।
प्रकाशित मिति: २०२५-०६-२८ , समय : २२:५८:०० , २ हप्ता अगाडि