काकाले आफ्नै भतिजीलाई बलात्कारपछि हत्या, शव फालेर लुकाउन खोजेको घटनामा नयाँ खुलासा

मिति: २०२५-०६-२९ , समय : १३:५९:४८ , Our Pradesh

Our Pradesh

मोरङ, असार १५ – मोरङको धनपालथान गाउँपालिका–५ स्थित शिव शक्ति विद्यालयको नजिकै एक ७ वर्षीया नाबालिकाको बलात्कारपछि निर्मम हत्या गरिएको घटना सार्वजनिक भएपछि स्थानीयबासी त्रास र शोकमा डुबेका छन्।

घटनामा संलग्न व्यक्ति अरू कोही नभइ पीडित बालिकाकै काका रहेको प्रारम्भिक अनुसन्धानबाट पुष्टि भएको छ।

घटनास्थल पुगेर समाचार संकलनका लागि गएका सञ्चारकर्मीहरूसँग कुरा गर्दै स्थानीयहरूले पहिले नै संका व्यक्त गरेका थिए कि घटनामा बालिकाका कान्छा काका अनिष सरदार संलग्न हुनसक्छन्। ती शङ्काहरू पछि प्रहरी अनुसन्धानबाट पुष्टि भएको हो।

शुक्रबार राति घरमै सुतेकी बालिका आत्तिका सरदार शनिबार बिहान हराएको सूचना प्राप्त भएपछि परिवार र गाउँलेहरूले खोजी सुरु गरेका थिए। अन्ततः दुर्गा आधारभूत विद्यालय नजिकको बाटोछेउमा बालिकाको शव भेटिएको थियो। अनुहार, घाँटी तथा शरीरका अन्य भागमा चोटपटक देखिएपछि हत्या भएको आशङ्कामा प्रहरीले अनुसन्धान थालेको थियो।

अनुसन्धानका क्रममा प्रहरीले नाबालिकाका काका अनिष सरदारलाई नियन्त्रणमा लिएको थियो। प्रारम्भिक सोधपुछमा उनले अपराध स्वीकार नगरे पनि उनी मदिरा सेवन गरेको र बारम्बार बयान फेरिरहेकाले प्रहरीलाई शङ्का लागेको थियो।

 

प्रहरी स्रोतका अनुसार, “अनिष कहिले ‘मैले गरें’ भन्छन्, कहिले ‘गरिनँ’ भन्छन्। मानसिक रूपमा अस्थिरजस्तो देखिन्छन्, तर प्रमाणहरू उनकै विरुद्ध देखिएका छन्।”

 

अनुसन्धानबाट खुलेको विवरण अनुसार, अनिषले आत्तिकालाई घरबाट बाहिर लगेर बलात्कार गरेका थिए। त्यही क्रममा घटनाको खुलासा हुने डरले उनले घाँटी थिचेर हत्या गरी शवलाई विद्यालय नजिकै फालेका थिए। बालिकाका आमाबुवा काम विशेषले घर बाहिर गएका बेला हजुरआमाको जिम्मा लगाएर बच्चाहरू छोडिएको थियो। काका अनिष नै भतिजा–भतिजीलाई लिएर अलग्गै कोठामा सुतेका थिए।

शनिबार बिहान हजुरआमा बालबालिकालाई हेर्न जाँदा आत्तिका ओछ्यानमा नभेटिएपछि हल्लाखल्ला सुरु भयो। केहीबेरमै गाउँमा बच्चा हराएको खबर फैलियो र खोजी गर्ने क्रममा विद्यालय नजिक शव भेटियो।

स्थानीय बासिन्दा अनिता सरदारले भने, “यो घटना हाम्रो गाउँको लागि एकदमै चकित पार्ने र हृदयविदारक घटना हो। हामीलाई विश्वास नै लाग्दैन कि यस्तो घटनासम्म पुगेको छ।”

वडा अध्यक्ष गयानन्द सरकारले पनि यो घटनामा दुःख व्यक्त गर्दै भने, “हाम्रो समाजमा आजसम्म यस्तो घटना कहिल्यै पनि घटेको छैन। यो इतिहासमै नरहेको घटना हो। गाउँभरि त्रास फैलिएको छ र सबैजनाले छानबिनको माग गरेका छन्। यसलाई हल्का नलिनु पर्छ।”

 

प्रहरीका अनुसार, काका अनिषसँग थप अनुसन्धान गरी मेडिकल रिपोर्टका आधारमा घटनाका बारेमा प्रष्टता ल्याइने छ।

 

मोरङ प्रहरी प्रमुख एसपी नारायणप्रसाद चिमरिया स्वयं घटनास्थल पुगेर अनुसन्धानको नेतृत्व गरिरहेका छन्। प्रहरीले अनिष सरदारविरुद्ध हाडनाता करणी र कर्तव्य ज्यान मुद्दामा म्याद थप गरी कारबाही प्रक्रिया अगाडि बढाउने तयारी गरिरहेको छ।

 

यो घटना केवल एक परिवारको पीडा होइन, यो सम्पूर्ण समाज र मानवीयतामाथिको कलंक हो। अब प्रहरी र न्याय प्रणालीबाट दोषीलाई यथोचित सजाय दि

लाउने अपेक्षा गरिएको छ।

 

प्रकाशित मिति: २०२५-०६-२९ , समय : १३:५९:४८ , २ हप्ता अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित