शिक्षा क्षेत्रमा सुनवर्षी नगरपालिका अब मोरङकै उत्कृष्ट: एसईई परिणामले प्रमाणित गर्यो सुधारको सफलता
मिति: २०२५-०७-०१ , समय : १५:२५:१९ , Our Pradesh
मिति: २०२५-०७-०१ , समय : १५:२५:१९ , Our Pradesh
Our Pradesh
सुनवर्षी नगरपालिका, मोरङ – शिक्षा क्षेत्रको सुधारमा सुनवर्षी नगरपालिका एक कदम अगाडि भएको छ।
एसईई परिक्षामा आएको उत्कृष्ट नतिजाले नगरपालिका शिक्षा प्रणालीको प्रभावकारिता र सुधारको सन्देश पुर्याएको छ। नगरपालिका क्षेत्रभित्र रहेका सामुदायिक विद्यालयहरूले यस वर्षका लागि एसईई परिक्षामा उल्लेखनीय नतिजा ल्याएका छन्। गत वर्ष ७२ प्रतिशत मात्रै ग्रेडेड भएका विद्यार्थीहरूको तुलना गर्दा यस वर्ष ८२.२३ प्रतिशत विद्यार्थी ग्रेडेड भएका छन्, जसले नगर प्रमुख श्याम प्रसाद राजवंशीको नेतृत्वमा शिक्षा सुधारका लागि भएका विभिन्न प्रयासहरूको सफलता जनाउँछ।
नगर प्रमुख राजवंशीले सबै सामुदायिक विद्यालयहरूको नतिजा सुधार गर्ने उद्देश्यले विशेष कार्ययोजना बनाई विद्यालयहरूमा नियमित अनुगमन गरेका थिए। यसै सन्दर्भमा, एक विद्यार्थी रमेश राजवंशीले नगरपालिकाको प्रयासलाई उच्च मूल्यांकन गर्दै भने, “हामीलाई किताबी मात्र ज्ञान मात्र होइन, विभिन्न समयमा प्र्याक्टिकल कक्षाहरू र शिक्षकहरूको नियमित अनुगमनले पनि धेरै सुधार आएको छ।”
नगर प्रमुख राजवंशीले थपे, “हामीले केवल बोल्नमा मात्रै होइन, व्यवहारमा पनि देखाएर शिक्षा र स्वास्थ्यको क्षेत्रमा निकै सुधार ल्याएका छौं। हाम्रो विश्वास छ कि यी दुई क्षेत्र हाम्रो नगरको समग्र विकासमा ठूलो भूमिका खेल्ने छन्।”
यस वर्षको एसईई परिणाममा सुनवर्षी नगरपालिकाका सात सामुदायिक विद्यालयले उल्लेखनीय प्रदर्शन गरेका छन्। ३९४ विद्यार्थी मध्ये ३२४ जना ग्रेडेड भएका छन्। प्रमुख विद्यालयहरूको नतिजामा वडा नम्बर २ को विरेन्द्र सार्वजनिक मावि ८९.२९ प्रतिशत र वडा नम्बर ४ को काली मावि ९४.१२ प्रतिशत ग्रेडेड भएको छ।
नगर प्रमुख राजवंशीले भने, “हामी परिणाममा विश्वास गर्छौँ, प्रचारमा होइन। यस वर्षको नतिजा गतवर्षको तुलनामा झण्डै ११ प्रतिशत बढी भएको छ। हामी बाल विकासदेखि कक्षा १२ सम्मको शैक्षिक नतिजामा सुधार गर्दै अगाडि बढेका छौँ।”
शिक्षा सुधारका लागि नगर प्रमुखले अभिभावकसँग नियमित अन्तरक्रिया र विद्यार्थीहरूलाई गृहकार्य तथा अध्ययन गर्ने बानी बसाल्ने उपायहरूमा पनि ध्यान दिएका छन्। यसका साथै, केही विद्यालयका नतिजामा अपेक्षाअनुसार सुधार ल्याउने योजना पनि छ।
सुनवर्षी नगरपालिकाको शिक्षा सुधारका लागि गरिएको कसमेत प्रयासले नगरपालिका क्षेत्रको शैक्षिक स्तरमा सकारात्मक परिवर्तन ल्याएको स्प
ष्ट भएको छ।
प्रकाशित मिति: २०२५-०७-०१ , समय : १५:२५:१९ , १ हप्ता अगाडि