एकै बस्तीका १७ भन्दा बढी झाडापखला पीडित अस्पताल भर्ना: रङ्गेली खानेपानीको लापरवाहीले मानवीय सङ्कट
मिति: २०२५-०७-१२ , समय : १७:२१:१० , Our Pradesh
मिति: २०२५-०७-१२ , समय : १७:२१:१० , Our Pradesh
Our Pradesh
रङ्गेली । रङ्गेली नगरपालिकाको वडा नं ६ स्थित माझी बस्तीमा झाडापखालाको प्रकोप देखिएको छ। नगरपालिकाको स्वास्थ्य टोलीले गरेको अनुगमनमा बस्तीमा रहेका खानेपानीको धारा (सोत) दूषित पाइएको छ, जसलाई झाडापखाला फैलिएको प्रमुख कारण रहेको रङ्गेली स्वास्थ्य प्रमुख भूपेन्द्र मण्डलले बताए।
माझी बस्तीमा करिब २५ देखि ३० घर परिवारका सदस्य हैजाबाट सङ्क्रमित भएका छन्। हाल करीब १६ जना बिरामी रङ्गेली अस्पतालमा उपचाररत छन् भने दुई जना उपचारपश्चात निको भएर घर फर्किसकेका छन्।
रङ्गेली नगरपालिकाको स्वास्थ्य टोलीले आज बस्तीमा पुगेर अवस्था बुझेको थियो। अनुगमनका क्रममा खानेपानी सफा नरहेको पाइएको टोलीले जनाएको छ।
बस्तीमा केही युवाहरूले चटपटी खाए पछि उनीहरूमा सङ्क्रमण देखिएको र त्यसपछि गाउँभरि नै फैलिएको स्थानीयले बताएका छन्। हाल सम्पूर्ण बिरामीहरूको उपचार रङ्गेली अस्पतालमा भइरहेको
छ।
प्रकाशित मिति: २०२५-०७-१२ , समय : १७:२१:१० , ५ घन्टा अगाडि