धनपालथानका अन्तर्जातीय प्रेमी दम्पती इनरुवा–९ बबियामा मृत अवस्थामा फेला
मिति: २०२५-०७-१३ , समय : १५:२५:४८ , Our Pradesh
मिति: २०२५-०७-१३ , समय : १५:२५:४८ , Our Pradesh
Our Pradesh
धनपालथानका अन्तर्जातीय प्रेमी दम्पती इनरुवा–९ बबियामा मृत अवस्थामा फेला
सुनसरीको इनरुवा नगरपालिका–९ स्थित बबियामा एक अन्तर्जातीय प्रेमी दम्पती मृत अवस्थामा फेला परेका छन्।
प्रहरीका अनुसार बिहीबार बिहान करिब ४० वर्षीय सुखदेव शर्मा झुन्डिएको अवस्थामा र उनकी ३२ वर्षीया पत्नी सेवता खातुन ओछ्यानमा मृत फेला परेकी हुन्। दुवैजना बबियास्थित एकतले कच्ची घरमा बस्दै आएका थिए।
घटनाबारे जानकारी गराउँदै सुनसरी प्रहरीका प्रवक्ता डिएसपी योगराज खतिवडाले श्रीमानले पत्नीको हत्या गरेर आत्महत्या गरेको प्रारम्भिक अनुमान गरिएको बताउनुभयो। “अनुसन्धान अघि बढाइएको छ, हालसम्म अन्य कुनै शंकास्पद पक्ष देखिएको छैन,” उहाँले भन्नुभयो।
घटनास्थलमा पुगेको प्रहरी टोलीले कानुनी प्रक्रिया पुरा गरी शवलाई पोस्टमार्टमका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाएको छ।
स्थानीयवासीका अनुसार मृतक सेवता खातुन मोरङको धनपालथान गाउँपालिका–६ कदद्माहाकी हुन् भने सुखदेव शर्मा फरक जातीय समुदायका युवासँग विवाह गरेर बस्दै आएका थिए। उनीहरू केही समयअघि भागी विवाह गरी इनरुवा–९ मा डेरा गरी बसिरहेका थिए।
घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
प्रकाशित मिति: २०२५-०७-१३ , समय : १५:२५:४८ , ११ घन्टा अगाडि