सामुहिक राजीनामा: नगरपालिकाबाट असन्तोष व्यक्त गर्दै प्रधानाध्यापकले पदबाट राजिनामा दिए

मिति: २०२५-०७-१५ , समय : १८:३५:३२ , Our Pradesh

Our Pradesh

महोत्तरी, २०८२ असार ३१ – गौशाला नगरपालिकास्थित सामुदायिक विद्यालयका ३२ वटै प्रधानाध्यापकहरुले आज नगरपालिकाको प्रशासन शाखामा सामुहिक राजिनामा दिएका छन्।

विद्यालय सञ्चालनमा समस्या परेको र नगरपालिकाको कार्यालयबाट आवश्यक रकमको निकासीमा बारम्बार ढिलाइ भएपछि प्रधानाध्यापकहरूले यो कदम चालेका हुन्। प्रधानाध्यापक गोपाल महतोका अनुसार, दिवा खाजा, पाठ्यपुस्तक, नन-सैलरी, नगर शिक्षक र नगर अनुदान शिक्षकको तलब निकासा लगायतका वित्तीय समस्याहरुका कारण विद्यालय सञ्चालनमा कठिनाइ भएको थियो।

 

“नगरपालिकाबाट पटकपटक आग्रह गरेपछि पनि आवस्यक रकम समयमै प्राप्त गर्न सकिएन, जसका कारण हामीलाई विद्यालय सञ्चालन गर्न समस्यामा परेका छौं। यसै कारण हामीले सामुहिक राजिनामा दिने निर्णय गरेका हौं,” प्रधानाध्यापक महतोले भने।

 

यस घटनाले नगरपालिकामा व्यवस्थापकीय असन्तोषलाई थप स्पष्ट बनाएको छ।

 

प्रकाशित मिति: २०२५-०७-१५ , समय : १८:३५:३२ , २ महिना अगाडि

यहाँ कमेन्ट गर्नुहोस्