नगरपालिकाका मेयर १ लाख घुस सहित रंगे हात पक्राउ।
मिति: २०२५-०७-१६ , समय : १६:०१:२९ , Our Pradesh
मिति: २०२५-०७-१६ , समय : १६:०१:२९ , Our Pradesh
Our Pradesh
सिरहाको कल्याणपुर नगरपालिकाका मेयर रामपुकार साह घुससहित पक्राऊ
सिरहाको कल्याणपुर नगरपालिकाका मेयर रामपुकार साह १ लाख रुपैयाँ घुससहित पक्राउ परेका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोग, बर्दिबासको टोलीले बुधबार उनलाई रंगेहात पक्राउ गरेको हो।
अख्तियार स्रोतका अनुसार, नगरपालिकामा २० लाख रुपैयाँको लागतमा निर्माण भएको नालाको भुक्तानीका लागि एक उपभोक्ता समितिसँग मेयर साहले २० प्रतिशत कमिसन मागेका थिए। उपभोक्ता समितिले उक्त रकम दिन नसकेपछि मेयर साहले योजनाको चेक रोकेका थिए।
करिब एक साता लामो बार्गेनिङपछि मेयर साहले चेक दिनुअघि कम्तीमा १ लाख रुपैयाँ तत्काल दिन र चेकको रकम खातामा आइसकेपछि बाँकी रकम दिन उपभोक्ता समितिलाई भनेका थिए। सोही क्रममा अख्तियारको टोलीले उनलाई नियन्त्रणमा लिएको हो।
हाल अख्तियारको टोली कल्याणपुर नगरपालिकाको कार्यालयमै रहेको र मुचुल्कासहितका कानुनी प्रक्रिया पूरा गर्ने काम भइरहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोग, बर्दिबासका प्रमुख रामबहादुर कुरुम्वाङले जानकारी दिए। यस विषयमा थप अनुसन्धान भइरहेको
छ।
प्रकाशित मिति: २०२५-०७-१६ , समय : १६:०१:२९ , २ महिना अगाडि