हुलाकी राजमार्गको ढिलाइबारे कटहरी–विराटनगर सडक खण्डमा सर्वपक्षीय बैठक, ठेकेदारमाथि कारबाहीको माग
मिति: २०२५-०७-३० , समय : ००:३०:५३ , Our Pradesh
मिति: २०२५-०७-३० , समय : ००:३०:५३ , Our Pradesh
Our Pradesh
मोरङ, विराटनगर — हुलाकी राजमार्ग अन्तरगत कटहरी–विराटनगर सडक खण्डको निर्माणमा भएको ढिलासुस्ती, लापरबाही र ठेकेदार कम्पनीको मनोमानीबारे पूर्वमन्त्री अमनलाल मोदी र डिकबहादुर लिम्बूको विशेष पहलमा मोरङ प्रमुख जिल्ला अधिकारीको कार्यालयमा सर्वपक्षीय बैठक सम्पन्न भयो।
बैठकमा पूर्वमाननीय कुलप्रसाद सांम्बा, विजय विश्वास, प्रमुख राजनीतिक दलका प्रतिनिधि, स्थानीय जनप्रतिनिधि तथा सरोकारवालाहरूको उपस्थिति रहेको थियो।
बैठकले समयमै निर्माण कार्य सम्पन्न नगर्ने ठेकेदार श्रेष्ठ कन्ट्रक्सन प्रा.लि. विरुद्ध कानुनी प्रक्रिया अघि बढाउन, निर्माण कार्य तत्काल अघि बढाउन दबाब दिने र आवश्यक परेमा वैकल्पिक उपायमार्फत सडक निर्माण सम्पन्न गर्ने निर्णय गरेको छ।
प्रकाशित मिति: २०२५-०७-३० , समय : ००:३०:५३ , १ महिना अगाडि