श्यामप्रसाद राजबंशी नेकपा (एमाले) मोरङ–२ का सह संयोजकमा चयन
मिति: २०२५-०८-०१ , समय : ११:०१:१६ , Our Pradesh
मिति: २०२५-०८-०१ , समय : ११:०१:१६ , Our Pradesh
Our Pradesh
श्यामप्रसाद राजबंशी नेकपा (एमाले) मोरङ–२ का सह संयोजकमा चयन
मोरङ, सुनबर्सी – नेकपा (एमाले) मोरङ क्षेत्र नं. २ को सह संयोजकको रूपमा जिल्ला कमिटी सदस्य तथा सुनबर्सी नगरपालिकाका नगरप्रमुख श्यामप्रसाद राजबंशीलाई चयन गरिएको छ।
पार्टीले उनलाई महत्वपूर्ण जिम्मेवारी दिएको भन्दै कार्यकर्ताहरू तथा शुभेच्छुकहरूले हार्दिक बधाई व्यक्त गरेका छन्। राजबंशीको राजनीतिक अनुभव, संगठनप्रतिको निष्ठा र स्थानीय तहमा देखिएको सक्रिय भूमिकाको मूल्यांकन गर्दै यो जिम्मेवारी दिइएको बताइएको छ।
उनलाई सफल कार्यकालको शुभकामना दिँदै विभिन्न पार्टी निकाय र क्षेत्रीय नेताहरूले आशा व्यक्त गरेका छन् कि राजबंशीको संयोजनमा मोरङ–२ मा एमाले संगठन अझ मजबुत बन्नेछ।
प्रकाशित मिति: २०२५-०८-०१ , समय : ११:०१:१६ , १ महिना अगाडि