सुनवर्षी–२ अमरदह बजारमा आगलागी, तीन लाख बराबरको क्षति
मिति: २०२५-०८-०३ , समय : १४:०९:५७ , Our Pradesh
मिति: २०२५-०८-०३ , समय : १४:०९:५७ , Our Pradesh
Our Pradesh
सुनवर्षी नगरपालिका–२ स्थित अमरदह बजारमा गए राति भएको आगलागीले एक स्थानीय व्यवसायीलाई ठूलो आर्थिक क्षति पुर्याएको छ।
स्थानीय कुमार राईको मोबाइल पसलमा रहेको इनभर्टरबाट करेन्ट सर्ट भएर आगलागी भएको प्रारम्भिक अनुमान गरिएको छ। बिहान करिब ६:३० बजे पसल आउँदै गर्दा आगो देखेपछि राईले आफैं तत्काल आगो निभाएका थिए।
यस आगलागीबाट पसलभित्र रहेका विभिन्न सामानमा करिब रु. ३,००,००० (तीन लाख) बराबरको क्षति भएको अनुमान गरिएको छ। यद्यपि मानवीय तथा चौपाया क्षति भने भएको छैन।
क्षति भएका प्रमुख सामग्रीहरू:
1. इनभर्टर – १ थान (आंशिक क्षति)
2. नयाँ मोबाइल – ३ थान (आंशिक क्षति)
3. बुफर – १ थान (आंशिक क्षति)
4. हर्ट गण – १ थान (आंशिक क्षति)
5. मोबाइल कभर – २५० पिस (पूर्ण क्षति)
6. मर्मतका लागि राखिएका पुराना मोबाइल – २० थान (आंशिक क्षति)
7. वाई–फाई राउटर – १ थान (आंशिक क्षति)
8. सीसी क्यामेरा – १ थान (पूर्ण क्षति)
9. भित्ते घडी – ६ पिस, हात घडी – ७ पिस (आंशिक क्षति)
स्थानीय प्रशासनले यस घटनाप्रति चिन्ता व्यक्त गर्दै आगामी दिनमा यस्ता घटनाबाट जोगिन सावधानी अपनाउन तथा विद्युत उपकरणहरूको नियमित जाँच गर्न सुझाव दिएको छ।
प्रकाशित मिति: २०२५-०८-०३ , समय : १४:०९:५७ , १ महिना अगाडि