कक्षा १२ को नतिजा सार्वजनिक: ६१.१७ प्रतिशत विद्यार्थी नियमिततर्फ उत्तीर्ण, १३ हजारले ३.६ माथिको जीपीए ल्याए

मिति: २०२५-०८-०४ , समय : १९:३१:४३ , Our Pradesh

Our Pradesh

काठमाडौं — राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ। सोमबार बसेको बोर्ड बैठकले २०७९ सालको कक्षा १२ को नतिजा सार्वजनिक गरेको हो।

बोर्ड अध्यक्ष महाश्रम शर्माका अनुसार, यस वर्ष नियमिततर्फ ६१.१७ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् भने आंशिकतर्फ ३६.४९ प्रतिशत विद्यार्थीले परीक्षा पास गरेका छन्।

 

नतिजाअनुसार १३ हजार ५०२ जनाले उत्कृष्ट ३.६ देखि ४ जीपीए ल्याएका छन्।

त्यस्तै,

 

५५ हजार ८९६ जनाले ३.२१ देखि ३.६० जीपीए

 

९४ हजार २६८ जनाले २.८० देखि ३.२१ जीपीए

 

६९ हजार ८१२ जनाले २.४१ देखि २.८० जीपीए

 

८ हजार ९६४ जनाले २.२१ देखि २.४० जीपीए

 

र २३ जना विद्यार्थीले २.२० भन्दा कम जीपीए ल्याएका छन्।

 

 

यसैगरी, १ लाख ५३ हजार ८८२ जना विद्यार्थी ननग्रेडेड भएका छन्। ननग्रेडेड विद्यार्थीका लागि ग्रेड वृद्धि परीक्षा भदौ २८ र २९ गते हुने बोर्डले जनाएको छ।

 

यस वर्ष नियमिततर्फ ३ लाख ९६ हजार ३४७ र आंशिकतर्फ १ लाख १४ हजार ६४० विद्यार्थी सहभागी भएका थिए। कुल ५ लाख १० हजार ९८७ विद्यार्थीमध्ये २ लाख ४२ हजार ४६५ जना नियमित र ४१ हजार ८४० जना आंशिकतर्फ ग्रेडेड भएका हुन्।

 

बोर्डले १७ जना विद्यार्थीको परीक्षा रद्द गरि

एको पनि जानकारी दिएको छ।

 

प्रकाशित मिति: २०२५-०८-०४ , समय : १९:३१:४३ , १ महिना अगाडि

यहाँ कमेन्ट गर्नुहोस्