रङ्गेलीका कृष्ण २० लाख ठगी आरोपमा पाँचथर प्रहरीद्वारा पक्राउ

मिति: २०२५-०८-२५ , समय : १८:२७:१० , Our Pradesh

Our Pradesh

मोरङको रङ्गेली नगरपालिका–४ घर भई हाल चितवनको भरतपुर–४ त्रिचोकमा बसोबास गर्दै आएका कृष्ण मुर्मु (अमित महतो)लाई पाँचथर प्रहरीले २० लाख रुपैयाँ ठगी आरोपमा पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय पाँचथरका अनुसार मुर्मुले नवलपरासीका जोगबहादुर थारू र बच्चु गुरुङसँग मिलेमतो गरी साझेदारीमा जग्गा कारोबार, डलर कारोबार र व्यापार व्यवसाय गर्ने प्रलोभन देखाई पाँचथर फाल्गुनन्द–२ का चक्रराज रम्तेलबाट २० लाख ठगी गरेका थिए।

 

पीडितको उजुरीका आधारमा चितवन प्रहरीसँगको सहकार्यमा उनलाई पक्राउ गरी पाँचथर ल्याइएको प्रहरीले जनाएको छ। अन्य आरोपीको खोजी कार्य जारी छ भने मुर्मुलाई अदालतमा पेश गर्ने तयारी भइरहेको बताइएको छ। हाल उनलाई जिल्ला प्रहरी कार्यालय पाँचथरको हिरासतमा राखी अनुसन्धान थालि

एको छ।

प्रकाशित मिति: २०२५-०८-२५ , समय : १८:२७:१० , १ हप्ता अगाडि

यहाँ कमेन्ट गर्नुहोस्