सुनवर्षी–८ मा भूमिहिन दलितको बस्तीलाई कानुनी जग्गा: नगर प्रमुख राजबंशीको स्थलगत अनुगमन

मिति: २०२५-०८-२६ , समय : १८:५५:५४ , Our Pradesh

Our Pradesh

सुनवर्षी नगरपालिका वडा नं. ८ को सुकुम्बासी टोलमा रहेको ज वि १-८-० कित्ता नं.मा रहेको एलानी जग्गा, जहाँ पोखरी उकास गरी हाल भूमिहिन दलित र सुकुम्बासी समुदाय बसोबास गर्दै आएका छन्, त्यही क्षेत्रलाई कानुनी रूपमा सुरक्षित आवासका रूपमा रुपान्तरण गर्ने प्रक्रिया अगाडि बढेको छ।

नगर प्रमुख श्याम प्रसाद राजबंशी स्वयं स्थानीय बासिन्दा र सरोकारवालासहित सोमबार स्थलगत निरीक्षणमा पुगे। निरीक्षणपछि उनले उक्त जग्गालाई भूमिहिन दलित र सुकुम्बासीहरुको लागि वितरण गरिने जग्गा सूचीमा समावेश गर्ने विषयमा सकारात्मक पहल भइरहेको बताएका छन्।

स्थानीयहरुले लामो समयदेखि आवास अधिकारको माग गर्दै आएका थिए। आयोगद्वारा विगतमा प्रकाशित सूचना र हालको अवस्थालाई मध्यनजर गर्दै, जग्गा वितरण प्रक्रिया अब कार्यान्वयनतर्फ अघि बढ्ने अपेक्षा गरिएको

छ।

प्रकाशित मिति: २०२५-०८-२६ , समय : १८:५५:५४ , १ हप्ता अगाडि

यहाँ कमेन्ट गर्नुहोस्