मोरङको सुनवर्सि घर भएको ३३ वर्षीय युवक मृ*त्य

मिति: २०२५-०८-३१ , समय : ०८:१२:०२ , Our Pradesh

Our Pradesh

रङ्गेली, मोरङ। मोरङको सुनवर्षी नगरपालिका वडा नम्बर ७ का ३३ वर्षीय निरञ्जन यादव(हिमाल यादव)ले आ#₹त्महत्या गरेका छन्। यादव आफ्नै घरमा झु। &न्डिएको अवस्थामा फेला परेका हुन्।
स्थानीयका अनुसार, उनले घरको माथिल्लो तल्लाको काठको बलोमा सनपाटको डोरीको पासो लगाएर झुन्डिएका थिए।
उनलाई उनकी पत्नी अमजिता यादवले झुन्डिएको अवस्थामा देखेपछि तत्काल डोरी फुकालेर रङ्गेली अस्पताल लगेकी थिइन्। तर, अस्पतालमा चिकित्सकले परीक्षण गर्दा निरञ्जनको मृ*त्यु भइसकेको घोषणा गरे।
प्रहरी टोलीले घटनास्थलमा पुगेर घटनाबारे थप अनुसन्धान गरिरहेको छ। निरञ्जनले आ&&त्महत्या गर्नुको कारण भने अझै खुल्न सकेको छैन। यादव रङ्गेलीको हस्पिटल गेट अगाडि फार्मेसी औषधि पसल सञ्चालन गरेर बसिरहेका थिए। प्रियल मेडिकलका सञ्चालकको रूपमा  थिए।

यो दुखद घटनाबारे स्थानीय बासिन्दाहरूले गहिरो शोक व्यक्त गरेका छन्। प्रहरीले घटनाको थप विवरण सार्वजनिक गर्ने अपेक्षा गरिएको छ।

प्रकाशित मिति: २०२५-०८-३१ , समय : ०८:१२:०२ , ४ महिना अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित