ओली, प्रचण्ड, नेपालसहितका मन्त्रीहरू शिवपुरीमा सुरक्षित
मिति: २०२५-०९-१० , समय : २२:३५:२६ , Our Pradesh
मिति: २०२५-०९-१० , समय : २२:३५:२६ , Our Pradesh
Our Pradesh
ओली, प्रचण्ड, नेपालसहितका मन्त्रीहरू शिवपुरीमा सुरक्षित
काठमाडौं, भदौ २५
निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसहितका मन्त्रीहरूलाई सुरक्षार्थ शिवपुरीस्थित सैनिक तालिम केन्द्रमा राखिएको छ।
सेनाको उच्च स्रोतका अनुसार निवर्तमान प्रधानमन्त्री ओली, उपप्रधान एवं सहरी विकासमन्त्री प्रकाशमान सिंह, उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेल, प्रचण्ड, नेपाललगायत सबै मन्त्रीहरूलाई शिवपुरीस्थित सैनिक कमान्ड तथा स्टाफ कलेजमा लगिएको हो।
यसबारे ओली स्वयंले पनि जेनजीका नाममा पत्र जारी गर्दै आफू शिवपुरीको एकान्त सुरक्षा घेराभित्र रहेको पुष्टि गरेका छन्।
स्रोतका अनुसार मन्त्रीहरूलाई मन्त्री क्वार्टर भैंसेपाटीबाट र प्रचण्ड तथा नेपाललाई सिंहदरबारबाट हेलिकोप्टरमार्फत शिवपुरी पुर्याइएको हो। मंगलबार दिउँसो सिंहदरबारमा विपक्षी दलको बैठक बोलाएका प्रचण्ड र त्यही बैठकमा सहभागी नेपाललाई प्रचण्डको घरमा आगजनीको खबर आएलगत्तै सेनाले सुरक्षाका लागि लगेको हो।
यसअघि पनि ओलीको तर्फबाट वक्तव्य सार्वजनिक भएको छ। प्रेस चौतारीका अध्यक्ष गणेश पाण्डेले उक्त वक्तव्य सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेका हुन्। पत्रमा ओलीले ‘प्रिय जेनजी बाबुनानीहरू’ भनेर सम्बोधन गर्दै आफू शिवपुरीमा रहेको उल्लेख गरेका छन्।
केपी शर्मा ओलीले मंगलबार दिउँसो २ बजे प्रधानमन्त्री पदबाट राजीनामा दिएका थिए। राजीनामा दिएलगत्तै नेपाली सेनाले उनलाई बालुवाटारबाटै हेलिकोप्टरमार्फत सुरक्षित स्थानमा लगेको थियो। अहिले ओलीसहित राष्ट्रपति, मन्त्रीहरू र शीर्ष नेताहरूलाई सेनाले शिवपु
रीमा राखेको छ।
प्रकाशित मिति: २०२५-०९-१० , समय : २२:३५:२६ , ५ घन्टा अगाडि