मोरङमा बाढी : ४०४ घर डुबान, १,७६४ जना प्रभावित, एक जनाको मृत्यु
मिति: २०२५-१०-०६ , समय : १०:१३:१५ , Our Pradesh
मिति: २०२५-१०-०६ , समय : १०:१३:१५ , Our Pradesh
Our Pradesh
मोरङमा बाढी : ४०४ घर डुबान, १,७६४ जना प्रभावित, एक जनाको मृत्यु
असोज १८ देखि २० गतेसम्म परेको अविरल वर्षाका कारण मोरङका विभिन्न स्थानहरू डुबानमा परेका छन्। जिल्लामा करिब ४०४ घर डुबानमा परी १,७६४ जना प्रभावित भएका छन् भने बाढीमा परी एक जनाको मृत्यु भएको छ।
बिराटनगर महानगरपालिका–१६ सुगरमिल नजिकको खाल्डोमा भारत घर भइ त्यहीँ डेरा गरी बस्दै आएकी ३५ वर्षीया अनिता राउत पानीको भेलमा बगेर डुबानमा परि ज्यान गुमाएको प्रहरीले जनाएको छ।
बाढीले विभिन्न स्थानमा ठूलो क्षति पुर्याएको छ :
बिराटनगर–१२ बखरीमा ७७ घर डुबानमा, ३५० जना प्रभावित।
रतुवामाई–५ कुमार टोल, महराजथान र मुसरभिट्टामा ५९ घर डुबानमा, २८० जना प्रभावित।
सुनबर्षी–३ बाहुनटोलमा ६० घर डुबानमा, २५० जना प्रभावित।
बिराटनगर–१६ दरैया बस्तीमा ७७ घर डुबानमा, ३८१ जनाको उद्धार।
बिराटनगर–२ पूर्वटोलामा ३५ घर डुबानमा, १५० जना प्रभावित।
कटहरी–१ बखु टोलमा ३५ घर डुबानमा, १०० जना प्रभावित।
त्यस्तै, सुनबर्षी–६ कैनिटोल, उर्लाबारी–९ बोडरलाइन र मिक्लाजुङ–६ मलामीटहरामा खोलाले बाँध कटान गरेको छ भने कानेपोखरी–१ बीर टोलमा चिसाङ खोलाले दुई कठ्ठा खेत कटान गरेको छ।
उद्धार गरिएका बाढी पीडितलाई विभिन्न विद्यालय, मन्दिर र धर्मशालामा अस्थायी रूपमा बसोबास गराइएको छ। राहत वितरणमा बिराटनगर महानगरपालिका, जीवन विकास संस्था, मारवाडी सेवा समाज र रतुवामाई नगरपा
लिका सक्रिय रहेका छन्।
प्रकाशित मिति: २०२५-१०-०६ , समय : १०:१३:१५ , २ हप्ता अगाडि