राजसंस्थासहितको व्यवस्था आउँदैछ, दिपावली गर्न तयार रहनुहोस् : दुर्गा प्रसाईँ
मिति: २०२५-१०-०७ , समय : १५:४७:५१ , Our Pradesh
मिति: २०२५-१०-०७ , समय : १५:४७:५१ , Our Pradesh
Our Pradesh
राजसंस्थासहितको व्यवस्था आउँदैछ, दिपावली गर्न तयार रहनुहोस् : दुर्गा प्रसाईँ
रङ्गेली, २१ असोज।
राष्ट्र, राष्ट्रियता, धर्म–संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईँले निकट भविष्यमै संवैधानिक राजसंस्था सहितको व्यवस्था आउने दाबी गरेका छन्।
उनले हालै चलिरहेको जेनजी आन्दोलनलाई पश्चिमाहरूको डिजाईन भएको आरोप लगाउँदै काठमाडौंका मेयर बालेन शाहलाई ‘लुसिफर’ को संज्ञा दिएका छन्। प्रसाईँका अनुसार नेपाली जनताले अब केही समय धैर्यपूर्वक प्रतिक्षा गरेपछि २०४७ सालको संविधान पुनःस्थापना हुनेछ।
प्रसाईँले भने,
“बौद्ध, किराँतसहितको वैदिक सनातन हिन्दू अधिराज्य नेपाल बनाउन र २०४७ सालको संविधान पुनःस्थापना गर्न अब छिमेकी मुलुकका लागि पनि, नेपालीका लागि पनि अपरिहार्य भइसकेको छ। त्यसैले चाँडै संवैधानिक राजसंस्था सहितको व्यवस्था आउँदैछ। हातमा दियो बोकेर दिपावली गर्न तयार रहनुहोस्।”
उनले सामाजिक सञ्जालमार्फत जनतालाई चेतावनी दिँदै भनेका छन् :
> “नेपाली जनताले अहिले पनि चेत नपाए कहिले पाउँछन्? हिजो राजाको शासन सम्झनुस्। गणतन्त्र हुँदै गिरिजा, देउवा, प्रचण्ड, ओली हुँदै आज ‘जेनजी आन्दोलन’को नाममा पश्चिमहरूको डिजाइनमा बालेन जस्ता लुसिफर र सुशिला कार्कीको सरकार, त्यसमा पनि सेना, प्रहरी र कर्मचारीलाई निर्देशन दिने सुदन गुरुङसम्म पुग्दा देश कहाँ पुगेको छ? यही कारण राजा, देवता, धर्म र संस्कृतिको आवश्यकता फेरि देखिएको छ। त्यसैले धैर्य गर्नुस्, संवैधानिक राजसंस्था सहितको व्यवस्था चाँडै आउँदै छ। हातमा दियो बोकेर दिपावली गर्न तयार रहनुहोस्।”
त्यससँगै उनले लघुवित्त पीडित, सहकारी पीडित, बैंकबाट कालोसूचीमा परेका तथा घरजग्गा लिलामीमा परेकालाई काठमाडौं केन्द्रित भई देशव्यापी आन्दोलनका लागि तयार रहन पनि
अनुरोध गरेका छन्।
प्रकाशित मिति: २०२५-१०-०७ , समय : १५:४७:५१ , २ हप्ता अगाडि