मुख्यमन्त्री निवासमा आगजनीको आरोपमा रुपन्देहीका युवक पक्राउ
मिति: २०२५-१०-०७ , समय : १६:२९:३० , Our Pradesh
मिति: २०२५-१०-०७ , समय : १६:२९:३० , Our Pradesh
Our Pradesh
मुख्यमन्त्री निवासमा आगजनीको आरोपमा रुपन्देहीका युवक पक्राउ
कास्की, २१ असोज। गण्डकी प्रदेश सरकारको मुख्यमन्त्री निवासमा आगजनी गरेको आरोपमा रुपन्देहीका संजोक थापा पक्राउ परेका छन्।
२२ वर्षीय थापा, जो पोखरा महानगरपालिकाको राष्ट्र बैंक चोकमा बस्दै आएका थिए, भदौ १२ गते राति मुख्यमन्त्री निवासमा आगजनी गरेर फरार भएका थिए। कास्की प्रहरीले घटनाबारे सूचनाका आधारमा थापालाई पक्राउ गरेको जानकारी दिएको छ।
प्रारम्भिक अनुसन्धानमा थापाले एनआईएमबी बैंकको एटिएम मेसिनमा पनि तोडफोड गरेको पुष्टि भएको छ। यसअघि भदौ २४ मा जेनजी आन्दोलनको क्रममा मुख्यमन्त्री निवासमा तोडफोड र आगजनी भएको थियो। प्रहरीले घटनामा संलग्न व्यक्तिहरूको खोजी जारी राखेको जनाए
को छ।
प्रकाशित मिति: २०२५-१०-०७ , समय : १६:२९:३० , २ हप्ता अगाडि