जेनजी आन्दोलनको घटना सम्बन्धमा आयोगले कारबाहीका लागि प्रतिवेदन कुर्न नपर्ने बतायो
मिति: २०२५-१०-०७ , समय : १९:०३:४२ , Our Pradesh
मिति: २०२५-१०-०७ , समय : १९:०३:४२ , Our Pradesh
Our Pradesh
जेनजी आन्दोलनको घटना सम्बन्धमा आयोगले कारबाहीका लागि प्रतिवेदन कुर्न नपर्ने बतायो
काठमाडौं, २१ असोज। भदौ २३ र २४ को जेनजी आन्दोलनसँग सम्बन्धित घटनाबारे जाँचबुझ आयोगले फौजदारी कसूरमा संलग्न व्यक्तिहरूको अनुसन्धान र कारबाही तुरुन्त गर्ने बताएको छ। आयोगका सदस्य विज्ञान राज शर्माले गत असोज ९ गते गृह मन्त्रालयले जारी गरेको विज्ञप्तिप्रति ध्यानाकर्षण गर्दै यो स्पष्ट पारेका छन्।
उक्त विज्ञप्तिमा जेनजी आन्दोलनका क्रममा सार्वजनिक सम्पत्तिमा तोडफोड र आगजनी गर्ने व्यक्तिहरूविरुद्ध अनुसन्धानको बाटो खुला भएको जनाइएको छ। गृह मन्त्रालयले जाँचबुझ आयोग गठन गरी यस घटनासम्बन्धी अनुसन्धान गर्न भनेको भए पनि, पक्राउ परेका व्यक्तिहरूलाई छोड्न दबाब दिएको थियो।
गृह मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “आयोगलाई भौतिक र मानवीय क्षतिका बारेमा सूचना वा निवेदन प्राप्त गरी विश्लेषण गर्ने र कारबाहीका सम्बन्धमा राय दिनेसमेतको कार्यदिशा रहेको हुँदा, आयोगको कार्यक्षेत्रमा रहेका विषयमा सरकारका नियमित संयन्त्रमार्फत तत्काल कारबाही अघि नबढाइ
ने छ।”
प्रकाशित मिति: २०२५-१०-०७ , समय : १९:०३:४२ , २ हप्ता अगाडि