रङ्गेली–२ का वडा अध्यक्षद्वारा वडा सचिवमाथि कुटपिट,वार्ड सञ्चालन खर्च सचिवले वडा अध्यक्षलाई दिन अस्वीकार गरेपछि भयो हातापाई

मिति: २०२५-१०-१७ , समय : २०:५४:११ , Our Pradesh

Our Pradesh

मोरङ, रङ्गेली — रङ्गेली नगरपालिका–२ का वडा अध्यक्ष सन्तलाल खवासले आज वडा सचिव नरेन्द्र महतोमाथि हातपाई गरेका छन्। वडा सञ्चालन खर्चसम्बन्धी विवादका कारण वडा कार्यालयमै भएको उक्त घटनाले कार्यालय वातावरण तनाबपूर्ण बनेको छ।

वडा अध्यक्ष सन्तलाल खबर

घटनाका प्रत्यक्षदर्शीका अनुसार करिब २ लाख २६ हजार रुपैयाँ वडा सञ्चालनका विभिन्न कार्यहरूमा खर्च भइसकेको र सो रकम तिर्नुपर्ने जिम्मेवारी वडा सचिवको भएकामा विवाद उत्पन्न भएको हो। वडा अध्यक्ष खवासले उक्त रकम आफूले नै तिर्छु भन्दै पैसा लिन माग गरे पनि सचिव महतोले दिन अस्वीकार गरेपछि अध्यक्ष आवेशमा आएर कुटपिट गरेका हुन्।

सचिवको भनाई अनुसार भोलिको दिनमा यदि पैसा सम्बन्धित व्यक्तिहरूकोमा पुगेन भने बेरुजु मेरै नाममा आउँछन् तर वडा अध्यक्षले म आफ्नो ढंगले दिन्छु भनेर अडान राखे।

घटना हुँदा कार्यालयका कम्प्युटर अपरेटर र कार्यालय सहयोगी उपस्थित थिए।

 

विषय बाहिरिएपछि नगर प्रमुख दिलिप बगडिया, प्रमुख प्रशासकीय अधिकृत प्रदिप शाह, केही कर्मचारी र अन्य वडा अध्यक्षहरू को उपस्थितिमा वडा अध्यक्ष सन्तलाल खवास र नरेन्द्र महतो वडा सचिव रङ्गेली नगरपालिकामा बोलाइयो। सोही अवसरमा वडा अध्यक्ष खवासले “गल्ती भयो” भन्दै वडा सचिवसँग माफी मागेका थिए।

 

तर, नगरपालिका कर्मचारीहरूका अनुसार जनप्रतिनिधिबाट यसरी पटक–पटक कर्मचारीमाथि हातपाई हुने र पछि माफी मागेर विषय टार्ने प्रवृत्तिले कार्यालयको कार्य–वातावरण बिग्रँदै गएको छ।

 

“यदि हरेक पटक कुटपिट गरेर माफी माग्ने संस्कार दोहोरिन थाल्यो भने हामी कसरी निडर भएर काम गर्ने?” एक कर्मचारीले नाम नखुलाउने सर्तमा बताए।

 

यस घटनालाई नगर प्रशासनले बाहिर नजान सिफारिस गर्दै भित्रैमै मिलाउने प्रयास भइरहेको बुझिएको छ।

प्रकाशित मिति: २०२५-१०-१७ , समय : २०:५४:११ , २ दिन अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित