बुढीगंगाले हटायो सयभन्दा बढी करार, ज्यालादारी र अस्थायी कर्मचार

मिति: २०२५-१०-१९ , समय : ०७:४६:५८ , Our Pradesh

Our Pradesh

बुढीगंगाले हटायो सयभन्दा बढी करार, ज्यालादारी र अस्थायी कर्मचार

कैलाली, कार्तिक २ — बाजुराको बुढीगंगा नगरपालिकाले एक सयभन्दा बढी करार, ज्यालादारी र अस्थायी कर्मचारीलाई बिदा गरेको छ।

 

नगरपालिकाको ४९औँ कार्यपालिका बैठकले झन्डै १२० जना अस्थायी कर्मचारीको सेवा अवधि कार्तिक १ गतेदेखि नथप्ने निर्णय गरेको नगर प्रमुख रामबहादुर बानियाँले जानकारी दिए।

 

उनका अनुसार सुदूरपश्चिम प्रदेश सभाले स्थानीय सेवाको गठन, सञ्चालन र सेवाका सर्तका सम्बन्धमा व्यवस्था गर्न बनेको ऐन पारित गरिसकेको छ। सोही ऐनअनुसार बुढीगंगा नगरपालिकाले अस्थायी कर्मचारीहरूलाई बिदा गरेको हो।

 

“प्रदेश सरकारको ऐन अनुसार हामीले कर्मचारीहरूलाई बिदा गरेका हौँ,” मेयर बानियाले भने, “प्रदेश सरकारको ऐन कार्यान्वयन गर्ने सुदूरपश्चिम प्रदेशको पहिलो स्थानीय तह हामी नै हौँ।”

 

नगरपालिकाले अब सङ्गठन तथा व्यवस्थापन सर्वेक्षण (O&M) गरेर आवश्यक स्थायी कर्मचारीको व्यवस्था गर्ने तयारी गरेको छ। पालिका, वडा कार्यालय र स्वास्थ्य संस्थाहरूमा कति कर्मचारी आवश्यक छन् भन्ने निर्धारणका लागि विज्ञमार्फत अध्ययन गरिने तयारी भएको मेयर बानियाले बताए।

 

“सुशासन र पारदर्शी काम हाम्रो प्राथमिकता हो,” उनले थपे, “प्रदेशको ऐनअनुसार O&M गरेर नयाँ कर्मचारीको व्यवस्था गर्ने हाम्रो योजना छ।”

 

यसअघि नगरपालिकाले विकास कचहरी आयोजना गरेर स्थानीय तहलाई विकासको गतिमा अघि बढाउने सन्देश दिएको थियो। अस्थायी र करार कर्मचारी हटाइएपछि आर्थिक भार समेत कम भएको नगरपालिकाले जनाएको छ।

प्रकाशित मिति: २०२५-१०-१९ , समय : ०७:४६:५८ , २ दिन अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित