बझाङ केन्द्रबिन्दु भएर बुधबार राति ३.९ म्याग्निच्युडको भूकम्प
मिति: २०२५-१०-२२ , समय : २३:१४:४१ , Our Pradesh
मिति: २०२५-१०-२२ , समय : २३:१४:४१ , Our Pradesh
Our Pradesh
रङ्गेली, बुधबार राति — बझाङ जिल्लाको हेमनतबाडा क्षेत्रलाई केन्द्रबिन्दु बनाएर बुधबार राति १०:४७ बजे भूकम्प गएको छ।
राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार सो भूकम्पको तीव्रता ३.९ म्याग्निच्युड मापन गरिएको हो।


भूकम्पको धक्का बझाङ तथा आसपासका क्षेत्रमा महसुस गरिएको छ। अहिलेसम्म कुनै भौतिक वा मानवीय क्षतिको विवरण प्राप्त भएको छैन।


स्थानीयवासीका अनुसार राति अचानक कम्पन महसुस भएपछि केहीबेर त्रास फैलिएको थियो।
प्रकाशित मिति: २०२५-१०-२२ , समय : २३:१४:४१ , २ महिना अगाडि