अमरदहबाट ठूलो परिमाणमा ‘स्पासपेन’ ट्याबलेटसहित एक व्यक्ति नियन्त्रणमा
मिति: २०२५-१०-२४ , समय : १७:१९:३८ , Our Pradesh
मिति: २०२५-१०-२४ , समय : १७:१९:३८ , Our Pradesh
Our Pradesh
मोरङ, सुनवर्षी नगरपालिका –२ अमरदहबाट अवैध औषधि ओसारपसार गरेको आरोपमा एक व्यक्ति पक्राउ परेका छन्। ईलाका प्रहरी कार्यालय रंगेलीका प्रहरी निरीक्षक (प्र.नि.) नरेन्द्र कुमार बोगटीको कमाण्डमा तथा अमरदह प्रहरी चौकीबाट खटिएको प्रहरी टोलीले उक्त व्यक्ति र उनको सवारीसाधन नियन्त्रणमा लिएको हो।


प्रहरीका अनुसार पक्राउ परेकासँग ‘Spaspain’ लेखिएको ३० प्याकेट, प्रत्येक प्याकेटमा ५०० ट्याबलेट गरी जम्मा १५,००० ट्याबलेट बरामद गरिएको छ। ती ट्याबलेटहरू शंकास्पद रूपमा ओसारपसार भइरहेको अवस्थामा फेला परेका हुन्।


बरामद औषधि, सवारीसाधन र पक्राउ परेका व्यक्तिलाई अहिले थप अनुसन्धानका लागि प्रहरी नियन्त्रणमा राखिएको प्रहरीले जनाएको छ।

प्रकाशित मिति: २०२५-१०-२४ , समय : १७:१९:३८ , २ महिना अगाडि