अन्तमा गगन पुगे शेखरको टिममा, शेखर कोइराला छलफलमा व्यस्त

मिति: २०२५-१०-३१ , समय : १२:२६:४४ , Our Pradesh

Our Pradesh

नेपाली कांग्रेसभित्र देखिएको आन्तरिक विवाद र महाधिवेशन कार्यतालिकासम्बन्धी मतभेद समाधान गर्न नेता डा. शेखर कोइराला सक्रिय भएका छन्।

कोइरालाले शुक्रबार बिहान बिशालनगरस्थित आफ्नो सम्पर्क कार्यालयमा उपसभापति धनराज गुरुङ, महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा, तथा सहमहामन्त्रीद्वय जीवन परियार र बद्री पाण्डेसँग विस्तृत छलफल गरेका हुन्।

 

उनका स्वकीय सचिव दिनेश थपलियाका अनुसार छलफलमा महाधिवेशनको कार्यतालिका टुंग्याउने र पार्टीभित्रको गतिरोध अन्त्य गर्ने विषयमा जोड दिइएको थियो।

 

कांग्रेसभित्र अहिले महाधिवेशन फागुन २१ को निर्वाचन अघि गर्ने कि पछि भन्ने विषयमा मतभेद बढ्दै गएको छ।

यही पृष्ठभूमिमा कोइरालाले गगन थापा पक्षसँगको सहकार्य बढाउँदै सहजीकरणको पहल थालेका छन्।

 

केन्द्रीय कार्यसमितिको बैठक आज दिउँसो १ बजेका लागि तय

गरिएको छ।

प्रकाशित मिति: २०२५-१०-३१ , समय : १२:२६:४४ , १ महिना अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित