मोरङको कटहरीमा महिलाद्वारा पुरुषमाथि तातो पदार्थले आक्रमण, एक जना गम्भीर घाइते
मिति: २०२५-११-०२ , समय : १४:३०:३४ , Our Pradesh
मिति: २०२५-११-०२ , समय : १४:३०:३४ , Our Pradesh
Our Pradesh
मोरङ, कार्तिक १६ — मोरङ जिल्लाको कटहरी क्षेत्रमा एक महिलाले व्यक्तिगत विवादका क्रममा एक पुरुषमाथि तातो पन्यू तताई पुरुषको लि,ङ्,ग र मुखमा डामेर घाइते बनाएकी छन् ।
घटनामा एक जना गम्भीर घाइते भएका छन्।

प्रहरीका अनुसार, रङ्गेली नगरपालिका–माझी टोल घर भई हाल कटहरी–२, आदर्श टोलमा डेरा गरी बस्ने ३० वर्षीया सन्तोषी माझीले धनपालथान गाउँपालिका–४, कर्सियाका ३८ वर्षीय चन्दन पासवानमाथि आज बिहान करिब ४ बजे आक्रमण गरेकी हुन्।

घटनामा घाइते पासवानलाई तत्काल विराटनगरस्थित नोबेल अस्पताल भर्ना गरिएको छ। अस्पतालका अनुसार उनको अवस्था अहिले स्थिर रहेको छ।

प्रहरीका अनुसार, पासवान बेलाबेलामा माझीको डेरामा बस्ने गर्थे। सोही क्रममा विवादपछि उक्त घटना भएको प्रारम्भिक अनुमान गरिएको छ।

घटनापछि माझी फरार रहेकी छन् भने वडा प्रहरी कार्यालय हाटखोलाबाट खटिएको टोलीले अनुसन्धान र खोजतलास अघि बढाएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ।
प्रकाशित मिति: २०२५-११-०२ , समय : १४:३०:३४ , १ महिना अगाडि