प्रहरीको खोजी सूचीमा रहेका निकोलस भुसाल गोरखाबाट पक्राउ

मिति: २०२५-११-०४ , समय : १४:३८:४० , Our Pradesh

Our Pradesh

प्रहरीको खोजी सूचीमा रहेका निकोलस भुसाल गोरखाबाट पक्रा

 

गोरखा — प्रहरीको खोजी सूचीमा रहेका निकोलस भुसाललाई गोरखाबाट पक्राउ गरिएको छ। गोरखा नगरपालिका–८ रानीवन आश्रमबाट मंगलबार दिउँसो करिब २ बजे उनलाई पक्राउ गरिएको हो।

 

गोरहा जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक (एसपी) भरत विकका अनुसार केही बुझ्नुपर्ने भएकाले उनलाई नियन्त्रणमा लिइएको हो। एसपी विकले पक्राउ परेका भुसाललाई मंगलबारकै दिन थप अनुसन्धानका लागि काठमाडौं पठाइने जानकारी दिएका छन्।

 

निकोलस भुसाल विगत केही समयदेखि प्रहरीको निगरानीमा रहेका व्यक्ति हुन्। प्रहरीले उनलाई आवश्यक सोधपुछपछि कानुनी कारबाही अघि बढाउने तयारी गरे

को छ।

 

प्रकाशित मिति: २०२५-११-०४ , समय : १४:३८:४० , १ महिना अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित