रङ्गेलीमा मेयरलाई गालीगलौज प्रकरण : तरुण विभागकी जिल्ला सदस्य लिला खरेल पक्राउ
मिति: २०२५-११-०७ , समय : १८:१३:१३ , Our Pradesh
मिति: २०२५-११-०७ , समय : १८:१३:१३ , Our Pradesh
Our Pradesh
रङ्गेली (मोरङ), २०८२ कार्तिक २१ गते।
रङ्गेली नगरपालिका–२ बेतौना निवासी तथा नेपाल तरुण विभागकी जिल्ला सदस्य लिला खरेललाई प्रहरीले अभद्र व्यवहारको आरोपमा पक्राउ गरेको छ।



विश्वसनीय स्रोतका अनुसार, खरेलले रङ्गेली नगर प्रमुख दिलीप अग्रवाललाई टेलिफोनमार्फत अभद्र तथा आपत्तिजनक शब्द प्रयोग गरेकी थिइन्। सो घटनापछि मेयर अग्रवालकै परिवारका सदस्यले खरेलविरुद्ध जिल्ला प्रहरी कार्यालय, विराटनगरमा लिखित निवेदन दर्ता गराएका थिए।

निवेदन दर्ता भएपछि प्रहरीले खरेललाई हिजो पक्राउ गरी थप अनुसन्धानका लागि नियन्त्रणमा लिएको जनाएको छ। प्रहरीका अनुसार, प्रारम्भिक अनुसन्धानपछि उनको विरुद्ध अभद्र व्यवहारसम्बन्धी मुद्दा दर्ता गर्ने प्रक्रिया अघि बढाइएको छ।

यसअघि पनि लिला खरेलमाथि जग्गा किर्ते प्रकरणमा संलग्न रहेको आरोप लागेको थियो। सो सम्बन्धमा रङ्गेली नगरपालिकाको कार्यपालिकाले नै निर्णय गरी मालपोत कार्यालयमा अनुसन्धान गर्नुपर्ने माग गरेको थियो।
लगातार विवादमा आइरहेकी खरेलको पछिल्लो पक्राउले स्थानीय राजनीतिक वृत्तमा थप चासो र चर्चा उत्पन्न भएको छ। तरुण विभागका अन्य सदस्यहरूले यस विषयमा हालसम्म आधिकारिक प्रतिक्रिया दि
एका छैनन्।
प्रकाशित मिति: २०२५-११-०७ , समय : १८:१३:१३ , १ महिना अगाडि